Quantcast
Viewing all articles
Browse latest Browse all 3853

सिंहदेवी मन्दीर उद्घाटन

महाशिवरात्रीको शुभ मुहुर्त पारेर यसै दिन पोखरी धुरा मङपुमा नव निर्मित सिंह देवी मन्दीर माताजी रमना छेत्रीको बरद बाहुलीबाट रिविन काटी उद्घाटन गरिएको छ | उक्त कार्यक्रममा स्थानीय मन्दीर निर्माण सहयोग गर्ने महानुभाववर्गको उपस्थिति थियो भने निर्माण समितिबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई खदा अर्पण गरी धन्यवाद जनाउने कार्य भयो | यसरी नै गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सचिव गगन राई आदिको पनि उपस्थिति रहेको थियो, उनीहरुले पनि मन्दीरलाई चाहिने आवश्यक सहयोग दिने बचन दिएका छन् | कार्यक्रममा आशिष गुरुङले मन्दिर निर्माणको आय ब्यायको हरहिसाब राखेका थिए भने कार्यक्रममा स्थानीय समाजसेवी सागर तामांग पनि आफ्नो मन्तव्य राखेका थिए | आशिष गुरुङले संचालन गरेको कार्यक्रममा मन्दिरमा क्रियेटीव वेलफेयर फरमको युवाहरुको आयोजनामा भब्य शिवरात्री पुजा पनि सम्पन्न गरिएको थियो जसमा बेलुकी साई सेवा संगठन रेसेप बजारका भजन मण्डलीबाट भजन पनि प्रस्तुत गरिएको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles