Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

टाडोको देवता भन्दा नजिकको भूत नै काम लाग्छ – बिमल गुरुङ

$
0
0
Bimal Gurung in Tamang Adhiveshan Mungpoo
मङपु जनमैदानमा सम्पन्न भइरहेको अखिल भारतीय तामांग बौद्ध संघको 32 औं अधिवेशन अन्तर्गत आज दोश्रो दिनको कार्यक्रमका प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यपाल बिमल गुरुङले सम्बोधनमा आफुलाई यस अधिवेशनमा निम्ताएकोमा हर्ष प्रकट गर्दै टाडोको देवता भन्दा नजिकको भूत नै काम लाग्छ भनी बताएका छन् | उनले यसलाई तामांग जाती जस्तो संधै एकसुत्रमा बाँधिएर बस्ने जातीलाई पनि ममताको सरकारले षड्यन्त्र गरी दुई भागमा विभाजन गरेको सम्बन्धमा छड्के हान्दै टाडोको जति नै देवी, देवता, दुर्गा नै भए पनि आपदको घडीमा नजिकको भूत नै काम लाग्छ भनेका हुन् | ममता सरकारले जात जातमा विभाजन गर्दै बोर्ड बनाएर जसरी पैसा दिन्छ, घर दिन्छ त्यस्तै म पनि दिन सक्छु अनि दिएको पनि छु तर थाप्नेहरुले आफ्नो मान्छेले दिएको मनपर्छ कि पराइले भिखारीलाई भिख दिएको जस्तो गरी दिएको मनपर्छ त्यो छुटाउन जरुरी रहेको बताए | उनले आफु यहाँ राजनैतिक भाषण छाँटन आएको होइन भन्दै तामांग जाति दार्जीलिंगमा मात्र नरहेर भारत भरी छरिएर बसेका छन् तर तामांग जातीलाई जनजातिको दर्जा पाए पनि केवल पश्चिम बङ्गालका तामांगहरुले मात्र जनजातीको सहुलियत पाएको छ तर सँगैमा देशको विभिन्न भू-भागहरुमा छरिएर बसेका तामांग जातीले भने अझै यसको सहुलियत उपभोग गर्न पाएको छैन यसकारण उनीहरुले मलाई भेटेर यसको आवाज उठान गरिदिने निवेदन सम्म गरेको छ भनी बताए भने अखिल भारतीय तामांग बौद्ध संघ एउटा एकमात्र पुरानो अनि दह्रिलो संगठन रहेकोले संगठनको परामर्श नलिइ मैले काम गर्नु उचित हुँदैन बरु संघले नै ती अन्य क्षेत्रमा बस्ने तामांगहरुको समस्याहरुलाई निहालेर बुझेर अघि बडेमा आफुले आफ्नो क्षमता अनुसारको सहयोग गर्ने पनि गुरुङले आशाव्स्त गराए | उनले संघले गरेको महा अधिवेशनको प्रसंसा गर्दै यसरी नै आउँदो दिनहरुमा अझ तामांग जातीको भाषा, साहित्य, संगीत, संस्कृति आदिको पनि प्रतियोगिता हुनपर्छ, अझ बृहत रुपमा आयोजन गर्दै आफ्नो भाषा संस्कृतिलाई अमृत जस्तै पवित्र अनि प्रसिद्ध बनाएर लानुपर्छ जसको निम्ति संगठनले बजेट तयार गरुन त्यसलाई म जीटीएबाट पास गरिदिन्छु भनेका छन् |
सम्बोधनकै क्रममा गुरुङले पहिलो दिनको प्रमुख अतिथि पीएस गोलेको बारेमा बोल्दै उनी एक जातीको निम्ति मरिमेट्ने व्यक्ति हुन्, उनी दार्जीलिंगमा मेरै गाउँमा बसी कलेज पढेको हुन् भन्दै के उनलाई मेरो सहयोग चाहिंदैन होला? भविष्यमा सिक्किमको मुख्यमन्त्री गोले भएको मन पर्दैन? भन्दै अखिल भारतीय तामांग बौद्ध संघलाई प्रश्न गर्दै संगठन भनेको नै एकअर्कामा जोड्ने माध्यम हो र संगठनले हामीलाई जोड्ने काम गर्नु पर्छ भने | उनले अझ भने कि आज हामी यहाँ सिन्कोना निर्देशक साथै जीटीएका उच्च पदस्थ व्यक्तिहरु संगै पीएस गोले पनि एउटै मन्चमा भएको भए कति राम्रो हुन्थ्यो भन्दै भविष्यमा गोलेसित राजनैतिक साँठगाँठ राख्न सक्ने प्रकारको अस्पष्ट संकेत कार्यपाल गुरुङले दिएका छन् |
आज दोश्रो दिनको अधिवेशनमा उपस्थित कार्यपाल गुरुङले अधिवेशनकै शुभ मुहुर्त पारेर तामांगहरुको निम्ति दार्जीलिंग, कालेबुंग, खरसाङ अनि मिरिक गरेर प्रत्येक विभागलाई पाँच पाँचवटा गरेर जम्मा बीसवटा हाम्रो घर योजना अन्तर्गतको चेक अभाताबसको अध्यक्ष केएम तामांगलाई हस्तान्तरण गरेका छन् साथै वृद्ध भत्ताको चेक पनि हस्तान्तरण गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images