मङपु२२जनवरी(केशर मोक्तान) अखिल भारतीय तामांङ बौद्ध संघद्वारा आयोजित 32 वा बार्षिक अधिवेसन के.बी.ग्याबकको अध्यक्षतामा आज दोस्रो दिन मङपु जनमैदानमा सम्पन्न भयो/समारोहको शुरुमा रङली म्हानीपा संघ द्वारा म्हानीमलम गरिए पछि लामा दावा वाङगेलले धार्मिक प्रवचन दिए/पार्वती मोक्तान,सुरेन्द्र थीङ,पुस्कर सिङगर,अर्पण वाईबा अनि प्रज्ञा ब्लोनले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि जीटीए प्रमुख कार्यपाल बिमल गुरुङ,सिन्कोना बगान निर्देशक डा.सामुएल राई,पर्यटन विभाग ओएसडी जीटीए गोपाल लामा,नेपाल तामाङ गेदुङ संघ अध्यक्ष अजीतमान तामाङ,अल इण्डिया बुद्धिस्ट संघ सयोजक आकाश लामा लगायत सभासदगण क्रमैले बिनय तामाङ,रतन थापा,अरुण घिसिंङ,रमेश लामा,नर्बुजी लामा,रबीन्द्रलामा,निमा तामांङ आदि उपस्थित थिए/कार्यक्रमाको मध्यान्हमा हरीस मोक्तान अल्लारे द्वारा लिखित पुस्तक ह्युल्बा अनि वाङदीछिरिङ लामाद्वारा सम्पादित धार्मिक पुस्तक धर्मचक्र प्रवर्तनको विमोचन गरियो/कार्यक्रमलाई सम्बोधन गर्दै अ.भा.ता.बौद्ध.स.का संस्थापक सदश्य सुकमान मोक्तानले संघका दिवंगत सदश्यहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै स्व:एम एस बम्जनको नेतृत्वमा नै तामाङ जातिले ट्राइबलको मान्यता प्राप्त गरेको जनाए/बर्तमानमा बौद्ध धर्म नै श्रेस्ठ धर्म मानिने भएता पनि अहिले सम्म पनि बुद्ध जयन्ती सरकारी छुटी नपाएकोमा दुख ब्यक्त गरे/ बुद्ध जयन्तीको दिनलाई राज्य सरकारबाट सरकारी छुट्टी दिलाउँनको निम्ति आगामी 19 मार्चको दिन बागजतिन पार्क सिलगडीमा एक बिराठ कार्यक्रम साथै शान्तीपुर्बक रय्लीको आयोजन गरिएको हुनाले सम्पूर्ण बौद्धधर्मलम्बीहरुलाई उक्त दिन उपस्थित भईदिने सुकमान तामाङले अपील गरे/ यसरी धर्मगुरु खेन रिम्बोछे सांङेलोडोले मिठो धार्मिक प्रवचन भक्तजनहरुलाई सुनाए भने सम्पूर्ण भक्तजनहरुले भगवान बुद्धको अस्तुको दर्शन गर्नुको साथै रिम्बोछे ग्युर्मी उर्गेन छोयडक अनि रिम्बोछे सांङेलोडोबाट आशीर्वाद ग्रहण गरे/ साँझको कार्यक्रममा नेपालका चर्चित सेलो गायक रोज मोक्तान द्वारा जोशपूर्ण तामांग सेलोहरु पनि प्रस्तुत गरियो | जीटीए प्रमुख कार्यपाल बिमल गुरुङको बाहुलीबाट हाम्रो घर योजना मार्फत दार्जीलिंङ,कालेबुङ,खर्संङ अनि मिरिक महकुमा क्षेत्रका २० घर तामाङ सन्तानलाई नवघर निर्माणको निम्ति अखिल भारतीय तामांङ बौद्ध संघका सचिव के.एम.तामाङको हातमा चेकप्रधान गरियो यस्तै गरि ७० बर्ष भन्दा माथिको तामाङ बृद्धहरूलाई पनि चेक वितरण गरियो/
↧