Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

तामांग अधिवेशनमा काठमाण्डौको रोज मोक्तानको पनि प्रस्तुति रहने

$
0
0
Roj Moktan
अखिल भारतीय तामांग बौद्ध संघको आयोजनामा यहाँको मङपु जनमैदानमा आगमी २१ जनवरीदेखि २४ जनवरी सम्म  सम्पन्न हुने ३२ औं वार्षिक अधिवेशनको अर्को थप आकर्षण स्वरूप काठमाण्डौबाट नेपाली चर्चित लोक तथा सेलो गायक रोज मोक्तानले पनि आफ्नो उपस्थिति दिने भएको छ भने साथमा नाम्ची सिक्किमबाट अनिता लामा मोक्तानले पनि आफ्नो प्रस्तुति दिनेछिन् जसले विभिन्न नेपाली गीति एल्बमहरु मार्फत आफ्नो परिचय स्थापित गरिसकेकी छिन् | बिशेषत: मुख्यमन्त्री पवन चामलिंग द्वारा रचित गीतहरु “तिमी बिना” एल्बम मार्फत नेपाली संगीत जगतमा आफ्नो छाप बसाई सकेकी छे | अन्य सांगीतिक कार्यक्रमहरुमा दार्जीलिंग जिल्लाका विभिन्न प्रशिद्ध तामांग कलाकारहरुले आ – आफ्नो प्रस्तुति दिनेछन् भने मङपुका कलाकारहरु द्वारा संगीत सम्राट स्व० गोपाल योन्जन अनि स्वर सम्राज्ञी स्व० अरुणा लामा एवम सेलो गायिका स्व० हिरादेवी वाइबाका अमर गीतहरु प्रस्तुत गर्नेछन् | यस बाहेक विभिन्न क्षेत्रहरुबाट नृत्य टोलीको नृत्य प्रस्तुति पनि हुने जानकारी प्रचार प्रसार सचिव सुरेन पाख्रीनले दिएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles