जोगीघाट ब्रीज परिसरमा सिटोङ अनि मङपु क्षेत्रका केही युवाहरु मिलेर दुवै क्षेत्रका कृषकहरुको पसिनालाई साकार रुप दिन साप्ताहिक शनिबारे हाटको आयोजन गर्दै बारीमा उब्जने साग सब्जीहरुको बजारीकरण गराउन प्रयासरत छन् भने यही हाट आयोजक समितिले कृषकहरुलाई प्रोह्त्सान दिन नि:शुल्क बीजहरु वितरण गरिसकेको छ | यसरी नै कृषि साथै पशु पालन क्षेत्रदेखि प्राय: हरेश खाइसकेका कृषकहरुलाई जगाउन आज यही आयोजक समितिले नि:शुल्क पशु चिकित्सा शिविरको आयोजना गरेको छ | आज माघे सक्रान्तिको शुभ मुहुर्तमा एकातिर दार्जीलिंग अनि खरसाङ क्षेत्रका मानिसहरु जोगीघाटमा बनभोज खान थुप्रेका थिए भने अर्कोतिर तक्दा बीएएचसीका पशु चिकित्सा सम्बन्धित टोलीको अथक सहयोगमा नि:शुल्क पशु चिकित्सा शिविर सम्पन्न भएको छ | तक्दा बीएएचसीबाट डा० शृष्टि मोक्तान संगै सहयोगीहरु शुकराज भट्टराई, यमनाथ शर्मा, सचिन छेत्री अनि शिदार्थ तामांग उपस्थित थिए | शिविरमा प्राय: ३० देखि ४० वटा कुकुरहरुलाई रेबिस प्रतिरोधक इन्जेक्सन लगाइयो | गृह पालित अन्य पशुहरु जस्तै गाई, बाख्रा, सुँगुर आदि शिविर स्थलसम्म ल्याउन असजिलो भएकोले स्थानीय मानिसहरुले नि:शुल्क शिविरको फाइदा उठाउँदै ती गाई, बाख्राहरुको निम्ति विभिन्न प्रकारका दबाईहरु पनि लगे | हाट आयोजक समिति सभापति समीर मोक्तानले संचालन गरेको कार्यक्रममा सर्वप्रथम तक्दाबाट आएका पशु चिकित्सा सम्बन्धित व्यक्तिहरुलाई खादा अर्पण गर्दै स्वागत जनाइएपछि पशु चिकित्सा जाँच शिविर शुरु भएको थियो भने शिविरमासमितिका मङपु अनि सिटोङ दुवैका सदस्यहरुको सक्रिय भूमिका रहेको थियो ||
↧