Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिम्ले युनाइटेड क्लबको नक् आउट फूटबल टुर्नामेन्ट शुरु

$
0
0
Football match in Sharda Ground Mungpoo
सिम्ले युनाइटेड क्लबको तत्वधानमा आजदेखि नक आउट फूटबल टुर्नामेन्ट शुरु भएको छ | शारदा विधालय नजिकको मङपु विभागीय मैदानमा आयोजित आजको खेलमा सिम्ले युनाइटेडको भिडन्त कमजोड फुटबल क्लबसित भएको थियो | शुरुदेखि नै दुवै दलका खेलाडीहरुले उत्कृष्ट प्रदर्शनी दिएपनि सिम्ले युनाइटेडले पुर्वार्धको खलेमा नै दुई गोल गरेर दलको जीत प्राय: शुनिश्चित गरिसकेका थिए | यता कमजोड एफसीका खेलाडीहरुले पनि दुई गोल खाएर पनि आफ्नो आत्मबललाई एक इन्च पनि झर्न नदिई खेलको अन्तिम समय सम्मनै विपक्षीको बाँकी गोल गर्ने प्रयासलाई विफल बनाउन सफल भएका थिए | उतरार्धको खेलमा कुनै दलले पनि थप गोल गर्न नसक्दा निर्णायकले निर्धारित समय भित्र सिम्ले युनाइटेड क्लबलाई बिजयी घोषित गरे | आजको उद्घाटनी म्याचको कार्यक्रमलाई स्वागत सम्भाषण अनि संचालन अरिफ मंगरले गरेका थिए जसमा सभापति शारदा विधालय प्रधान अध्यापक प्रकाशचन्द्र राई रहेका थिए भने प्रमुख अतिथि बिकाश गुरुङ रहेका थिए | यसरी नै विशिष्ट अतिथिको रुपमा आयोजक समितिलाई स्वर्गीय निरुकला तामांग स्मृति विनर ट्रफी प्रदान गर्ने परिवार पक्षबाट पवन बल उपस्थित रहेका थिए भने अन्य अतिथिहरुमा मङपु विभागीय बडाबाबु सुरेन तामांग, विभागीय ग्याङमेन हरिप्रसाद राई, गोपाल राई, साहित्यकार उदय थुलुङ, डा० ज्ञानचन्द्र गुरुङ, अनुप गुरुङ, गुन्जन थापा, प्रेम छिरिंग भोटिया लगायत नारी कल्याण संघ अनि निस्वार्थ फाउन्डेशनका प्रतिनिधिहरुको पनि बिशेष उपस्थिति रहेको थियो | यी दुई एनजीओहरुले खेल मैदान परिसर सफा राख्न कार्यक्रम अवधिनै डस्टबीनहरु पनि प्रदान गरेका थिए | यही उद्घाटन कार्यक्रममा शारदा विधालय अनि सिम्ले धुराका नानीहरुले सुन्दर नृत्यहरु पनि प्रस्तुत गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles