मङपु युथ क्लबको आयोजनामा सम्पन्न हुने यस वर्षको मङपु गोल्ड कप २०१६ (Mungpoo Gold Cup 2016) अक्टुबर ६ देखि शुरु हुने भएको छ | वर्षेनी लोकप्रियता बढाउँदै गएको यस गोल्ड कप टुर्नामेन्टमा यसपल्ट विभिन्न ठाउँहरुका प्रख्यात क्लबहरु इस्ट बंगाल एकाडेमी, सेयर एफसी कालेबुङ, १२ एसएपी जलपाइगुडी, अमुक्ता परिवार सिलिगुडी, फिक्कल एफसी, दुर्गापुर कोलकाता, केएफसी सिलिगुडी, सिक्किम बोयस क्लब गान्तोक, बिर्तामोड एफसी नेपाल, ५८ जीटीसी आर्मी सिलोंग, नाइटचेस नेपाल, ढाका बंगलादेश आदि दलहरुले अंशग्रहण गरेका छन् भने खेलको फिक्सर पनि तयार भइसकेको छ | यस गोल्ड कपको उद्घाटन कार्यक्रममा स्वर श्री दार्जीलिंग २०१५ दिपेन गुरुङको सांगीतिक प्रस्तुति संगै भब्य कार्यक्रम बिच वर्षको पहिलो खेल इस्ट बङ्गाल एकाडेमीको शेयर एफसी कालेबुङसित घमासान भिडन्त हुने भएको छ यसर्थ खेल प्रेमी सम्पूर्ण जनसाधारणवर्गलाई यस महत्वपूर्ण उद्घाटन कार्यक्रम संगै पहिलो खेलको आनन्द उठाउन त्यस दिन १:३० बजे उपस्थित भइदिने खेल आयोजक समितिले निवेदन गरेको छ साथै यस सिजनभरिको खेल हेर्नलाई सिजन टिकट संजय रेस्टुरेन्ट नालीडांडाबाट पनि प्राप्त गर्न सक्ने जानकारी समितिले दिएको छ |
↧