Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा बीपीएचसी हुनु पर्ने स्थानीय जनताको मांग

$
0
0
Cinchona Plantation Hospital at mungpoo
दार्जीलिंग पहाडमा आवादी संगै विभिन्न प्रकारको खतरानाक बिमारहरु बडिरहेको समय पनि मङपुमा आज पर्यान्त भने जस्तो स्वास्थ्य केन्द्र नरहेको कारण यहाँको स्थानीय जनताले थुप्रै समस्या झेल्न परिरहेको छ | प्राय १ लाख जति जनसख्या भएको ठाउँ मङपुमा सरकारले स्थानीय जनतालाई पर्जापट्टा नदिएको कारण नै यस क्षेत्र बिकासदेखि बन्चित हुनपरेको धुर्बसत्य अब सबैले बुझ्न थाकेका छन् | जमीनको पर्जापट्टा नभएको कारण नै आज सम्म यस क्षेत्रमा एसबीआई ब्यांक, अग्नीसमन केन्द्र, महाविधालय, खण्ड बिकाश कार्यलय,थाना, आईसीएससी स्कुल अनि स्वास्थ्य केन्द्र जस्ता आवश्यक कुराहरु बनिन् सकेका छैनन् | यहाँका तमाम राजनैतिक दल अनि नेतृत्वहरुमा पनि यहाँका जनतालाई चाहिने यस्ता आवश्यकीय योजनाहरु सोंच्ने साथै यस दिशातिर पहल गर्ने मानाशिकता दुर्बल रहेको आजसम्मको राजनैतिक इतिहासले स्पष्ट देखाइदिएको छ | फलत मङपुको जनता आज पनि बिरामी भएमा १२ किलोमीटर तल झरेर रम्बी खण्ड स्वास्थ्य केन्द्रमा आफ्नो स्वास्थ्य जाच गराउन बाध्य छन् | साहित्य, संगीत कला र राजनीति क्षेत्रमा मङपु उच्च दर्जामा रहेतामा पनि बिकाशको दौड़मा भने यस क्षेत्र शुन्यमा नै रहेको छ भन्दा कुनै अतियुक्ति नहोला | अंग्रेजको शासनकालमा बनिएको मङपु सिन्कोना बगान अधिनस्थ १० बेड भएको अस्पताल आज आफै नै सिकिस्त देखिन्छ भने यस अस्पताल नै जीर्ण अवस्थामा रहनुको साथमा यहाँ स्वास्थ्य सम्बन्धि कुनै पनि टेस्टहरु गर्न नसकिने हुनाले स्थानीय बासिन्दाहरु दार्जीलिंग, कालेबुंग अनि सिलिगुडी नगई नहुने परिस्थिति छ | सन्दर्भमा केही महिना अघि लोकसभा चुनाव परिणाम घोषणाकै दिन खरसाङ महकुमा बिधायक डा० रोहित शर्माले मङपुमा आएर यहाँको निम्ति एउटा एम्बुलेन्स दिने घोषणा गरेदेखि यता नत बिधायक आयो न नै एम्बुलेन्स भन्दै दोकान दोबाटोहरुमा मानिसहरु कुरा गर्न थालेका छन् | यसरी हरेक क्षेत्रका सम्बन्धित व्यक्ति अनि विभागहरुबाट अवहेलित  मङपुका पिडित जनताले मङपुमा नै एउटा बीपीएचसी अर्थात खण्ड प्राथामिक स्वास्थ्य केन्द्र भए यहाँका बासिन्दाहरुलाई स्वास्थ्य लाभ गर्नमा धेरै नै सुविधा हुने मनासय पोख्दै सरकार समक्ष मांग गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles