Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा फोरजी टावरको माग

$
0
0
4G internet tower
बर्तमान आधुनिक तकनिकीय फोरजीको समय तथा फेसबूक र वाट्सएपको जमानामा पनि मङपु क्षेत्रमा भने टुजी सेवासम्म राम्रोसित उपभोग गर्न नपाएकोले क्षेत्रका मोबाईल इन्टरनेट उपभोक्तावर्ग निराश बनेको छ | बिशेष गरेर हिजआज सरकारी तथा गैरसरकारी कार्यहरु गर्दा इन्टरनेट सेवा नभई नहुने हुनाले यहाँको स्थानीय जनता तथा मोबाईल उपभोक्तावर्गले सिलगडी तथा दार्जीलिङ गएर इन्टरनेट क्याफेमा गई आफ्नो कामहरु गर्न बाध्य छन् | सरकारबाट अहिले प्रत्येक योजनाहरु नै इन्टरनेटमा छोडिएका हुन्छन् साथै हालमा बेकारी युवा युवतीहरुलाई सरकारी तथा गैरसरकारी काम कुरोको फारमहरू भर्न पनि इन्टरनेटको माध्यमबाट नै भर्न पर्ने हुन्छ,  रेलको टिकट, हवाई टिकट, पासपोर्ट फारम, रिचार्ज सबै काम नै इन्टरनेट बिना नहुने युग छ भने यस्तो हाइटेक स्थितिमा पनि मङपुमा भने प्राय सबै कम्पनीको नेटवर्क डिस्टर्ब भएकोले उपभोक्ताहरुले पाउनसम्म दु:ख पाइरहेको छ | केही महिना अघि रिलायन्स कम्पनीले थ्रीजी सेवा शुरु गरेपनि हालमा त्यो पनि टुजी भन्दा ढिलो चलेकोले उपभोक्ताहरुले रिलायन्सको सिम छोडेर अरु कम्पनीको सिममा छिटो चल्ने इन्टरनेट खोजिरहेका छन् | यस्तो समस्या झेलिरहेका यस क्षेत्रका उपभोक्ताहरुले सबै नेटवर्क कम्पनीहरुले अब फोरजीको नेटवर्क उपलब्ध गराइदिने माग गरेको छ | हाल मङपुमा बीएसएनएल, रिलायन्स र भोडाफोन कम्पनीको मात्र टावर रहेकोले यी कम्पनीहरुले मनमानी गरिरहेको हुँदा  एयरटेल, आइडिया जस्ता छिटो इन्टरनेट चल्ने नेटवर्क कम्पनीहरुले पनि आफ्नो टावरहरु जडान गरिदिए प्रतिस्पर्दाको होडमा उपभोक्ताहरुले राम्रो इन्टरनेट सेवा पाउन सक्ने थियो भन्ने बिचार पोख्दै छिटो चल्ने इन्टरनेट सेवाको माग गरेको छ | यसको साथै लाब्दा विभाग क्षेत्रमा भने एरसेल कम्पनीको मात्र नेटवर्क आउने अनि त्यो पनि कहिले कहिँ हप्ता दिनसम्म नेटवर्क जाने भएको हुनाले यहाँको मोबाईल उपभोक्तावर्गले थुप्रै समस्याहरु झेल्न बाध्य छन यसैले यस क्षेत्रका मोबाईल उपभोक्तावर्गको निम्ति पनि कुनै पनि भोडाफोन,एरटेल तथा रीलाइन्स् कम्पनीहरुले फोरजी टावर लगाई दिने स्थानीय जनताले मांग गरेका छन् | मोबाईल इन्टरनेट उपभोक्तावर्गको समस्यालाई मध्यनजर राख्दै मङपुको चारवटा मोबाईल टावरमा पनि फोरजी टावर जड़ान गरिन पर्ने स्थानीय जनताको मांग रहेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles