Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु युनाइटेड भेटरेन फुटबल संघको टुर्नामेन्टमा लाठपन्चर भेटरेन र सरदा विधालय बन्यो च्याम्पियन

$
0
0
Mungpoo United Veteran Football Sangh under 15 Tournament
यहाँको मङपु जन मैदानमा गत २ सितम्बरदेखि कलिला खेलाडीहरुलाई प्रोत्साहन संगै मङपुमा फुटबल खेलको स्तरीयतालाई बरकरार राख्न मङपु युनाइटेड भेटेरन फुटबल संघको आयोजनामा सम्पन्न भइरहेको फुटबल टुर्नामेन्टको चुडान्त खेला आज सम्पन्न भयो | शुरुमा भेटरेन म्याच जसमा हाइवे भेटरेन र लाठपन्चर भेटरेन माझ खुबै रोचक खेल सम्पन्न भएको थियो जसमा लाठपन्चर  भेटरेनले हाइवे भेटरेनलाई परास्त गर्दै विजयी कप हत्याउन सफल बन्यो | यसको लगत्तैपछि आजको मुख्य खेल अन्डर फिफ्टिन टुर्नामेन्टमा सारदा हाइ स्कुलको भिडन्त सरस्वती उच्चतर माध्यमिक विधालयसंघ भयो जसमा सारदा हाइ स्कुलको उत्कृष्ट प्रदर्शनी अघि सरस्वती उच्चतर माध्यमिक विधालयको केही सिफ चलेन जसको फलस्वरूप सारदा विधालयले शुन्य गोलको विरुद्ध तीन गोल गर्दै आजका विजयी ट्रफी आफ्नो टीमको बनाउन सफल बन्यो |
आजको खेलमा भेटरेनबाट हाइवेको साइबल राईलाई बेस्ट प्लेयरको ट्रफी प्रदान गरियो भने जुनियर टीममा सारदा विधालयका युगेश मंगरलाई बेस्ट प्लेयरको ट्रफी प्रदान गरियो | संघका सभापति सन्तोष सिंग्दनको सभापतित्वमा सम्पन्न फाइनल खेलमा मुख्य अतिथिको रुपमा सिन्कोना व्यवस्थापक डा० सामुयल राई, विशिष्ट अतिथिमा व्यवस्थापक गोपाल लामिछाने अनि अन्य अतिथिहरुमा बोटानिष्ट लिना सुब्बा, मङपु अस्पतालका डाक्टर अरुप घोसाल अनि अन्य रहेका थिए |  

Watch Full Video HERE

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles