Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

एनआरसीदेखि एकजना खाँटी गोर्खाको नाम छुट्यो भने म कुर्सी त्याग गरिदिन्छु – राजु बिष्ट

$
0
0
Raju Bista Darjeeling MP at Mungpoo talking About Assam NRC
एनआरसीले कुनै पनि खाँटी गोर्खालाई केही नोक्सान गर्दैन, यदि एनआरसी बङ्गालमा लागु भएन भने अवश्य हाम्रो नोक्सान हुनेछ | म भोलिनै असम जाँदैछु, कति जना छुट्ने र अघाडि कस्तो प्रोसेस गर्नुपर्ने बारे त्यहाँ सबै संघ संस्थाहरुसित म कुरा बुझ्छु पहाडमा भुक्दै बसेर मात्र एनआरसीको समधान हुँदैन| एक जनापनि खाँटी गोर्खाको नाम एनआरसीदेखि छुटिदैन भन्दै लोकसभा चुनावको जीतपछि पहिलोपल्ट मङपु आएका दार्जीलिंग सांसद राजु बिष्टले एनआरसी बारे पत्रकारहरुलाई यसो भने | तिनले यहाँको बस बिसौनीमा आयोजित धन्यबाद कार्यक्रमबाट जनसम्बोधन गर्दै यदि एनआरसीले असमको एउटा पनि खाँटी गोर्खाको नाम छुटेर देशदेखि बाहिर जान पर्यो भने म यो कुर्सीको त्याग गरिदिन्छु समेत भनेका छन् | तिनले जीटीएका दुई दाजुहरु भन्दै बिनय तामांग र अनित थापालाई लक्ष्य गरेर तपाईंहरु जस्तो राजनीति गर्नु हुन्छ हामीहरु पनि त्यस्तै राजनीति गर्छौं | कुरा बुझेर बात गर्नु होला | एनआर किन लागु गर्नु? भारतमा बंगलादेशबाट छिरेकाहरुलाई खेद्न, रोहिन्गासहरुलाई खेद्न | हाम्रो घर कुनै धर्मशाला हो? के सबैलाई ल्याएर हाम्रो आफ्नै घर आँगनमा राख्नु? त्यसको जवाब दिनुपर्छ भन्दै सांसद बिष्टले  आक्रोसित भाकामा भनेका छन् | दिदीले एनआरसीको बिरोध गर्छ र यहाँ विपक्षीहरुले हामीले एनआरसीको विरोध गरेको होइन समर्थननै गर्छौं भन्दै दुई मुखे साँप जस्तो बात नगर्नु, म जीटीएको नोकर होइन, मलाई तपाईंहरुको प्रश्नको उतर दिने कुनै जिम्मेवारी छैन भन्दै सांसद बिष्टले सांकेतिक स्वरमा बिनय तामांग अनि अनित थापालाई भनेका छन् |
सांसद विष्टले सिन्कोना बारे बोल्दै पहिले टीएमसीले र अहिले जीटीएले सिन्कोना बगान मास्ने षड्यन्त्र गर्दैछ | आज सिन्कोना बगानमा काम गर्ने मानिसहरुले आफ्नो न्युनतम रोज पाएको छैन, आफ्नो पर्जा पट्टा पाएको छैन | यदि जीटीएले राम्रोसित सिन्कोना बगान चलाउन सक्दैन भने केन्द्र सरकारलाई हस्तान्तरण गरिदिनु, हामी राम्रोसित चलाएर न्युनतम रोज पनि दिन्छौँ, पालन पोषण पनि गर्छौं | किनभने यो एउटा हेरिटेज हो, अंग्रेजको पालादेखि चलिरहेको उद्योगमाथि हाम्रो आत्मा सिन्कोना बगानसित जोडिएको छ | यसैले अब केन्द्र सरकारले यसको विकासको निम्ति काम गर्नेछ | आजनै तिनले गोर्खाहरुको सपना पाँच वर्षभित्रमा पुरा हुनेछ, मोदी सरकारले पुरा गर्नेछ हतास नहुनु भन्ने डाइलग पुन: दोहोराएका छन् | सभालाई गोजमुमो बिमल गुटका लोप्सांग लामा, दार्जीलिंग विधायक निरज जिम्बाले पनि सम्बोधन गरे भने भाजपा जिल्ला सभापति मनोज देवान, तिलकचन्द्र रोका, पूर्व विधायक एनबी छेत्री बिशेष रुपले उपस्थित रहेका थिए साथै गोरामुमो, गोजमुमो बिमल गुटका बाक्लो समर्थकहरुको पनि भेला जमेको थियो || 

Watch Video News at 

Darjeeling MP Raju Bista full Speech at Mungpoo
सिन्कोना, जीटीए, पथअवरोध, गोर्खाल्याण्ड र एनआरसीमाथि राजु बिष्टले दिए यस्तो बयान
Darjeeling MLA Neeraj Zimba full Speech at Mungpoo

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles