Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोनाको चारैवटा युनिटमा आजदेखि पेन डाउन स्ट्राइक, निष्कर्ष बिना अप नहुने पेन

$
0
0
Cinchona Helper Association Pen Down Strike
सिन्कोना बगानमा विगत २०१० देखि अचल रहेको ग्रुप डी पदोन्नति प्रक्रिया सुचारु गराउने माग गर्दै सिन्कोना सहायक संगठन केन्द्रीय समितिको पूर्वघोषित कार्यक्रम अनुरुप आजदेखि पेन डाउन स्ट्राइक शुरु भएको छ | आज पहिलो दिनको कार्यक्रम सिन्कोना हेडक्वाटर मङपु अवस्थित निर्देशकको कार्यलयदेखि नै बिहानको कार्यलय समयमा सिन्कोनाको चारैवटा युनिटहरु मङपु, रोंगो, मनसोङ अनि लाठपन्चरका सहायक कर्मचारीहरुले धर्ना प्रदर्शन गरेका थिए | शुरुमा निर्देशक डा० सामुयल राईसित भेटगरि शुरु भएको पेन डाउन अनि धर्ना कार्यक्रम भोलिदेखि सम्पूर्ण युनिटहरुका व्यवस्थापक कार्यलय, कारखाना कार्यलय, विभागीय कार्यलय अनि अन्य सम्बन्धित कार्यलयहरुमा पनि हुनेछ |
पहिलो दिनको कार्यक्रममा सहायक संगठन केन्द्रिय समिति सभापति साङदोर्जे तामांग, सचिव मुनाल घिसिंग लगायत सम्पूर्ण युनिटका प्रतिनिधि सहित सहायक कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो |
सहायक संगठनको आन्दोलन सम्बन्धमा सिन्कोना बगान वकर्स युनियन सचिव गगन राईले एक विज्ञप्ति जारी गर्दै पदोन्नतिको मागमा युनियनले कलकत्ताको नवान्नमा धेरै काम गरेको तैपनि आजसम्म सफलता हात नपरेको बताएका छन् | यसै निराशाको परिणाम स्वरूप जिम्मेवार क्षेत्रमा कार्यरत मजदुरवर्गले सिन्कोना प्रशासन अघि पेन डाउन स्ट्राइक शुरु गरेका छन् | जिम्मेवार मजदुरवर्गको उक्त कदमलाई पूर्ण सहानुभूतिसाथ युनियनले समर्थन जनाउदै आन्दोलनलाई थप उर्जा भर्न सम्पूर्ण मजदुरहरु एक भइदिने आह्वान पनि गरेका छन् || 
Cinchona Helper Association
पत्रकारलाई सम्बोधन गर्दै संगठनका सचिव मुनाल घिसिंगले हाम्रो यो आन्दोलन कसैलाई पोल्न र आफ्नै स्वार्थ पूर्तिको निम्ति नभएर समग्र सिन्कोनाबासी साथै मरणसन्न अवस्थामा पुगेको सिन्कोनालाई बचाउने अभियान पनि हो भनी बताए | तिनले आज सिन्कोना बागनमा प्राय: १० वर्ष अघिदेखि न्युनतम हाजिरामा सहायक कर्मचारीहरुले ठूलो ठूलो जिम्मेवारी उठाइरहेकोले यदि ग्रुप डी पदोन्नति प्रक्रियानै सुचारु नभए एकदिन सिन्कोना उद्योगनै बन्द हुनसक्ने अनुमान लगएको पनि बताए | आज शुरु गरिएको आन्दोलन जबसम्म सरकारपक्षबाट पदोन्नति प्रक्रिया सुचारु हुने सकरात्मक प्रतियोत्तर पाउदैन तबसम्म नै यथावत रहने पनि सचिवले जानकारी गराएका छन् | आज सिन्कोनाको यो समस्या कुनै सिंगो व्यक्तिको मात्र नभएर सम्पूर्ण सिन्कोना बगानमाथि आश्रित बगानबासीको हो भन्दै आफुहरुले यस आन्दोलनमा सम्पूर्ण पार्टीका युनियनहरुलाई पनि सहयोगको अपिल गरेको बताए | यता सिन्कोना निर्देशक डा० सामुयल राईसित सम्पर्क गर्दा तिनले पदोन्नति प्रक्रिया बारे सिन्कोना निर्देशालयबाट गर्न पर्ने सम्पूर्ण पहल गरिसकेको र सम्बन्धित विभागसम्म पुराइसकेको बताएका छन् |
यही समचार भिडियोमा हेर्नलाई यहाँ CLICKगर्नोस् |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles