Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु विभागले यसपल्ट पनि भब्य फूलपाती कार्यक्रम गर्ने

$
0
0
Phoolpati samaroh samiti Mungpoo Divison
विगत वर्षहरुमा भब्य फूलपाती शोभायात्रा अनि अन्य आकर्षक कार्यक्रमहरु गरेर सबै मङपुबासीलाई नै आकर्षित गर्ने फूलपाती समारोह समिति मङपु विभागले यस वर्षपनि भब्य कार्यक्रम गर्ने बताएको छ | समितिले एक पत्रकार सम्मेलन डाकेर सभापति उदय थुलुङ अनि सचिव आनन्द गुरुङले विगत २००७ सालदेखि शुरु गरिएको समितिको कार्यक्रम बिचमा गोर्खाल्याण्डको आन्दोलनले केही बिराम लागेपनि यसपल्ट पुन: भब्य रुपमा सम्पन्न हुने बताए | समितिको उदेश्य हामीले हाम्रो संस्कृति अनि परम्परा भुल्न हुँदैन, आउँदो नानीहरुलाई पनि सिकाएर लानुपर्छ भन्दै सचिव राईले यस कार्यक्रम उतार्न मङपु विभागभित्र पर्ने धेरैवटा समाजहरु पनि रहेको बताए | कार्यक्रममा गाउँका दशौँ अनि बाह्रौं श्रेणीमा अब्बल अंक लिएर उतीर्ण हुने विधार्थी नानीहरुलाई प्रेरणा स्वरूप सम्बर्धना साथै गाउँका ७० वर्षदेखि उँभोका वृद् – वृद्धाहरुलाई सम्मान, विभिन्न शैक्षिक अनि कार्य क्षेत्रमा सुनाम कमाउने व्यक्ति ब्यतित्वहरुलाई सम्मान जनाउने साथै विभिन्न जातीय सांस्कृतिक नाँच गान आदिको पनि प्रस्तुति रहने सचिव गुरुङले जनाएको छ भने उक्त दिन हुने कार्यक्रममा सम्पूर्णलाई सहभागी बनिदिने अपिल पनि गरेका छन् ||

भिडियो हेर्नलाई यहाँ CLICKगर्नोस्

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles