Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

दुष्कर्म आरोपी प्रिन्सिपललाई सजाय र पिडितलाई न्याय दिलाउने माग

$
0
0
Anu Pradhan GTA BOA Member in Mungpoo regarding Kendriya Vidhalaya Rambi case
केही दिन अघिमात्र एनएचपीसी रम्बीमा अवस्थित केन्द्रीय विधालयका प्राचार्यले क्वाटरमा काम गर्ने मङपुकी एक महिला माथि दुष्कर्म गर्न खोजेको घटनालाई लिएर आज जीटीए बीओए सदस्य अनु प्रधानले विधालय साथै एनएचपीसी महाप्रबन्धक प्रभारी सित भेट गर्दै पिडितलाई न्याय दिलाउने माग गरेकी छन् | बीओए सदस्य अनु प्रधानले बताए अनुसार एनएचपीसी महाप्रबन्धक प्रभारी एके ग्रोभरले एउटा जाँच कमिटि बनिएको र त्यसले १० दिनभित्रमा घटनाको पूर्ण जानकारी लिने बताए | तथापि प्रधानले त्यो जाँच कमिटिले सही जाँच गर्छ गर्दैन त्यसबारे पुन: आफुहरु उपस्थिति भएर जाँच कमिटिसित पनि बस्ने बताएकी छन् | यसको साथै तिनले विधालय एउटा मन्दिर हो र मन्दिर भित्र यस्तो घृणित कार्य नदोहोरियोस भन्दै आरोपी प्राचार्यमाथि यथासिघ्र कार्वाही गर्दै विधालयबाट नै निकाल्ने माग गरेकी छन् | पिडितलाई न्याय दिलाउन जीटीए पनि तयार रहेको तिनको भनाई छ | आज तिनी सितै नारी मोर्चा केन्द्रिय समिति जैतुन निशा अनि मङपु लाब्दा समष्टि नारी मोर्चाका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए | यसै घटनालाई लिएर हिज मात्र गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सचिव गगन राईको नेतृत्वमा युवा मोर्चा केन्द्रीय समिति प्रवक्ता अनित खाती, विज्ञेन मिश्र, विकास गुरुङ, युवा मोर्चा समष्टि अध्यक्ष दिव्या बोम्जन, पवन बल, दिपेन राई अन्यान्यको टोलीले पनि विधालय पुगेर शिक्षक अनि अभिभावकवर्गलाई राखेर एउटा सभा बस्दै यस्तो घटना फेरि नदोहोरियोस र पिडितलाई न्याय दिने माग गरेका थिए | पछि एनएचपीसी महाप्रबन्धक प्रभारीसित पनि भेट गरी विधालयको हाइ कमाण्ड दिल्लीसम्म रिपोर्ट पुराइदिने माग गरे जसमा प्रभारीले रिपोर्ट पुगिसकेको पनि जानकारी दिएका थिए ||
यही समचार भिडियोमा हेर्नुहोस् CLICK HERE

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles