सिन्कोना व्यावस्थापकको कार्यलय नजिक सरस्वती उच्चतर माध्यमिक विधालय जाने सडकमा एउटा बिजुलीको पोस्टले दुर्घटना पर्खेर बसेको छ | फलामको पोस्टको फेदमा खियाले आधा हिस्सा तोंडका परेको कारण कुनैपनि समय ठूलो हावा आए ढल्न सक्ने स्थितिमा देखिएको छ | यो पोस्ट साधारण नभएर ११ हजार हाई भोल्टेज भएको कारण कुनै पनि समय ढले यसले वरिपरि धेरै क्षति पुराउन सक्ने सम्भावना देखापरेको छ | वरिपरि घर गाउँ नजिक बिजुलीको यस्तो धराप पोस्ट रहेको कारण कुनै पनि दुर्घटना हुनसक्ने देखिएपछि स्थानीय सुजित थापा अनि दिलिप शर्माले एकाधिक चोटि बिजुली विभागसित जानकारी गराउदा पनि कुनै पहल नगरिदिएको गुनासो पोखेको छ | एकातिर मङपुमा बिजुली सर्वहरानै खराब रहेको कारण बिजुली वितरणको गुणस्तर खुबै निम्न छ जसको कारण दिनहुँ मङपुबासीले असुविधाहरु झेल्न परिरहेको सबैलाई ज्ञात छ भने अर्कोतिर यसरी धेरै स्थानहरुमा दुर्घटना पर्खेर बाटोकै किनारमा धराप बनेर रहेको बिजुली पोस्ट बदली नगरिदिनु पनि बिजुली विभागको लापरवाही मान्न सकिन्छ | फलत: बिजुली पोस्टको बर्तमान स्थितिलाई हेर्दा जति सक्दो चाँडो बदली गरिदिए आउँदो दिनहरुमा हुनसक्ने कुनै दुर्घटनादेखि बाँच्न सकिने देखिन्छ अन्यथा कुनै दुर्घटना भए यसको सोझो दोष बिजुली विभागलाई जाने पनि स्थानीय मानिसहरुको भनाई रहेको छ ||
↧