Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा भाषा मान्यता दिवस अनि डा० रेमिका थापालाई अभिनन्दन कार्यक्रम सम्पन्न

$
0
0
Nepali Language recognization day Mungpoo
मङपु, २० अगस्त, राजेश थापा:  २८ औं नेपाली भाषा मान्यता दिवस मङपुमा पनि भव्यताको साथ पालन गरियो | यहाँको सरस्वती उच्चतर माध्यमिक विधालय प्रेक्षागृहमा सम्पन्न समारोहकै अवसरमा मङपुकै एक उपज साहित्यकार डा० रेमिका थापालाई तिनको नेपाली भाषा साहित्यमाथिको योगदान अनि विधावारिधिको उपाधि ग्रहण गरे वापत अभिनन्दन पनि जनाइएको थियो | जहाँ डा० रेमिका थापाले सम्बोधन गर्दै आफ्नो घरमा इज्जत नहुनेको बाहिर पनि इज्जत नहुने बताउँदै आज मङपुले आफुलाई अभिनन्दन जनाएकोमा खुशीका केही शब्दहरु राखे | भाषा मान्यता दिवस समारोह समिति मङपुद्वारा आयोजित अनि सपना खड्का द्वारा संचालित कार्यक्रममा उपस्थिति सम्पूर्णलाई स्वागत जनाउँदै साहित्यकार उदय थुलुंगले भाषाले मन्यता पाउन र भाषाको प्रगति हुनमा राजनैतिक दलको पनि ठुलो भूमिका रहने आजसम्मको इतिहासले बताएको सन्दर्भमा राजनीति र साहित्य दुवै समुहले एक एर्कालाई उचा – निचाको भेदभावले नहेरेर समय अनि परिस्थिति अनुसार मिलेर काम गर्नपर्ने आवश्यकता पनि पर्ने जनाए |
कार्यक्रममा कवि - साहित्यकारहरु क्रमश: शरण मुस्कान, सुभद्र बोम्जन, अनित खाती, प्रमिला मुखिया, जगत राई, सन्ध्या आचार्य, पुस्कर सिंगरलाई पनि खादा अर्पण गर्दै स्वागत जनाइएको थियो भने हरेकले आफ्ना रचनाहरु पठन गरेर कार्यक्रमलाई अलंकृत गरेका थिए | यही कार्यक्रममा साहित्य र संगीतको गह्रियो सम्बन्धलाई सोझै श्रोता सामु प्रस्तुत गर्न युवा गजल गायक सौरभ मधुर राईले कुनै कसर बाँकी राखेनन् जसलाई युवा तबला वाधक अभिषेक सुब्बाले साथ दिएका थिए |
केबी गिरीको अध्यक्षता, समन्वयक सुरेन्द्र थिङ अनि साहित्यकार मोहन ठकुरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सरस्वती उच्चतर माध्यमिक विधालय शिक्षिका प्रभारी चन्द्रकला राई, डीएस प्रधान, समल कार्की, एनपी राई, लगायत विभिन्न विधालयका शिक्षक – शिक्षिका, मङपु क्षेत्रका कवि तथा साहित्यकारहरु, विभिन्न राजनैतिक दलका नेतृत्ववर्ग अनि भाषा र साहित्य प्रेमी महानुभाववर्गको व्यापक उपस्थिति रहेको थियो |   

कार्यक्रमका सम्पूर्ण भिडियो  केही समय पश्चात हाम्रो युट्युब च्यानल https://www.youtube.com/c/mungpoonewsमा उपलब्ध हुनेछ कृपया Subscribe गरी प्रतिक्षा साँच्नु होला |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles