Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मिलन परिवार लाब्दाले पालन गर्यो ५० औं स्थापना दिवस

$
0
0
Milan Pariwar Labdah Division celebrates its golden jubilee
लाब्दा विभाग अन्तर्गत १९६९ मा गठन गरिएको मिलन परिवारले आफ्नो ५० औं वर्ष गाँठ स्वर्ण जयन्ती पालन गर्यो | समाजको निजी भवनमा एके सिंग्दनको सभापतित्वमा सम्पन्न स्वर्ण दिवस कार्यक्रममा बीबी प्रदानले संचालन गर्दै समाजको आजसम्मको इतिहास पठन गरेका थिए | मिलन परिवार लाब्दा विभागमात्रै नभएर मङपुकै निम्ति उदाहरण स्वरूप एउटा पुरानो समाज हो | समाजले ७० – ८० को दशकतिर लाब्दा विभाग अनि मङपुका अन्य विभागहरुमा पनि रात्री स्कूल शुरु गरेका थिए | यसरी नै समाजले आफ्नो यात्रामा गाउँ समाजका विरामी उपचारको निम्ति आर्थिक सहयोग साथै गुम्बा निर्माण आदि सामाजिक कार्यहरुमा पनि हात बाँटेको इतिहास छ | स्वर्ण दिवस कार्यक्रमकै अवसर पारेर परिवारले समाजका अग्रज अनि वरिष्ठ व्यक्तिहरुलाई उनीहरुको कार्यको प्रसंसा गर्दै सम्बर्धना पनि जनाए जसमा केबी राई, सिठु मोक्तान, डीएस प्रदान, भीम कुमार राई, एचडी राई, अम्बर गिरी, तेम्बा तामांग, धन बहादुर ठोकर आदिलाई स्मृति चिन्ह पनि प्रदान गरे | परिवारका सचिव प्रशन्न तामांगले सम्पूर्णलाई स्वागत जनाएको कार्यक्रममा उपस्थित मुख्य अतिथि एचडी राईले समाजको अहिलेसम्मको योगदान अनि कार्यहरु बारे वक्तब्य राखेका थिए | यसै कार्यक्रमको अवसरमा प्रियसना प्रधान, अन्शिका तामांग, सायना प्रधानले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने मुकेश तामांग, किरण तामांग, प्रसंघ राई आदिले गीत प्रस्तुत गरे | मिलन परिवारले आफ्नो ५० औं स्वर्ण दिवस पालन गर्दै विभिन्न रंगारंगी कार्यक्रमसंगै भोज खुवाएर सबैसित खुशीयाली बाँडेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles