विगत वर्षहरु झैं यस वर्ष पनि विभिन्न सांस्कृतिक रंगारंग कार्यक्रमहरु साथ् ६९ औं स्वत्रन्त्रता दिवश मङपू खेलकूद जनमैदानमा सम्पन्न हुने भएको छ | मङपू खेलकूद संघ द्वारा आयोजन हुने उक्त स्वत्रन्त्रता दिवशमा मङपूका विभिन्न विधालयहरुका मार्चपास्ट, अन्तर विधालय इन्टर मिडियट फूटबल खेल तथा स्वतन्त्रता दिवश च्यालेन्ज नक आउट फूटबल खेलको फाइनल खेल पनि त्यसै दिन सम्पन्न हुनेछ | उक्त विभिन्न कार्यक्रमहरुको निम्ति मङपू खेलकूद संघका पदाधिकारीहरु तयारीमा जुट्न थालेको छ साथै भारतवर्षको गौरवमयी स्वत्रन्त्रता दिवशलाई सफल बनाउन सम्पूर्ण मङपूबासीलाई आ – आफ्नो सहभागिता दिन मङपू खेलकूद संघका मूल सचिव राम पोख्रेलले गरेको जानकारी सह सचिव बुद्ध कुमार थापाले दिएको छ ||
↧