Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा शिव मन्दिरमा पहिरो झर्दा मङपुदेखि सिटोङ अनि खरसाङको यात्रा विछिन्न

$
0
0
Landslide blocked road at labdah shiv mandir
केही दिन अघिदेखि परिरहेको मुसलधारे वर्षाको कारण लाब्दा विभाग स्थित शिव मन्दिर नजिक पहिरो झरेर सडक बन्द भएको छ | मङपुकै गाडे घाउ जस्तो बनिसकेको यस पहिरोले यस वर्ष पनि सोहोरिएर बाटो थुनेको छ | आज बाटो बन्द भएपछि सिटोंगदेखि मङपु आउने दुधवाला, विधार्थी लगायत साधारण जनता पनि प्रभावित बनेको छ भने यता मङपु देखि सिटोङ जाने पर्यटक संगै स्थानीय मानिसहरु सिटोङ, लाठपन्चर अनि जोगीघाट भएर खरसाङ जानदेखि पनि बंचित भएको छ | अर्कोतिर सिटोंग भेकका ज्यादरतर वहानहरु मङपु हुँदै कालेबुंग अनि सिलिगुडी जाने गर्थ्यो भने यस पहिरोले बाटो थुनेको कारण सबै यात्री अनि वहान चालकहरु अन्योलमा परेको छ | हिज रातिको मुसलधारे पानीको कारण बाटो बन्द भएपछि आज बिहानै दुधवाला, विधार्थी लगायत वारीपारीका साधारण जनता पहिरोको दुईतिर ट्रान्ससिफ्ट गर्दै आफ्नो यात्रा तय गरेका थिए | बिशेष गरेर यस स्थानमा जीटीए कार्यपाल अनित थापाको निर्देशमा मर्मति कार्य चलिरहेको थियो भने विगत केही महिना अघि सिन्कोनाले बिना अनुमति क्षेत्रमा ढुंगा खोजेको आरोप लगाउंदै विभागीय कार्यलयमा जरिमान तिर्न भनी नोटिस दिएको बिशेष सुत्रबाट थाहा लागेको छ | अर्कोतिर यस स्थानमा हरेक वर्ष खर्च गर्नको साटो कुनै वैकल्पिक मार्क अपनाएर नयाँ बाटो बनाए ठिक हुने वर्षेपछि झरी बस्ने यस पहिरोलाई हेरेर अनुमान लगाउन सकिन्छ | फलत: यो पहिरोलाई चाडो खोल्न नसकिए सिटोङ, मङपु लगायत बाहिरबाट आउने पर्यटकहरुलाई हुनसम्मको असुविधा हुनसक्ने देखिएको छ ||

Watch Video Below: 

 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles