Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

आदिकवि भानुभक्त संगै नेपाली भाषा साहित्य र जातिको अपमान भएको छ

$
0
0
CM Mamata Banerjee paying tribute to  Bhanu Bhakta Acharya  in Darjeeling Chowrasta
मङपू लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चा कार्यलयबाट पार्टीको पक्षमा १३ जुलाई भानु जयन्तिको कार्यक्रमबाट पश्चिम बङ्गालका मुख्यमन्त्रीले गोर्खा जातिलाई अझ बिभाजन गर्दै तीन जातका बिकाश बोर्ड गठनको घोषणालाई समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा तथा युवा मोर्चा सभापति बिकाश गुरुङ आदिले सामुहिक रुपमा बिरोध जनाएको छ | वास्तवमा आदिकवि भानुभक्त नेपाली जातिको गौरवशाली व्यक्ति हुन् | उनले रामायणलाई नेपालीमा अनुवाद गरेर समस्त नेपाली जातिलाई एकशुत्रमा बाँध्ने महान कार्य गरेको छ | तर अभाग्यवश भानु जयन्तिको शुभ अवसरमा भाषाविद, साहित्यिक व्यक्तित्वहरु, साहित्यिक संघ संस्था, स्रस्टाहरुलाई सम्मान जनाउने पर्ने थियो या उनीहरुको उपस्थिति हुनुपर्नेमा उल्टा त्यसै मंचबाट गोर्खा जातिलाई अझ टुक्रा – टुक्रा पार्ने षड्यन्त्र स्वरूप तीन जातगोष्ठीलाई बिकाश बोर्डको घोषणा गरेको छ | यस घोषणाले आदिकवि भानुभक्त र भाषा साहित्य तथा जातिको अपमान भएको बताएका छन् | यसको हामी मङपू लाब्दा समष्टि घोर बिरोध जनाउँछौँ भनेका छन् | भानु जयन्तिको कार्यक्रम मंचबाट गोर्खा जातिलाई अझ कम्जोर बनाउंदै हाम्रो छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पनि कमजोर बनाउने षड्यन्त्र मन्त्रीले गरेको बताएका छन् भने उक्त कार्यक्रमको दिन तीनवटा बोर्ड घोषणाको बिरोध जनाउन भेला भएका समष्टि नेतृत्ववर्गले त्रीस्तरीय सम्झौता अनुसार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको बिभिन्न क्षमताहरु चाड़ों सुम्पिनुपर्छ, राज्य सरकारले जीटीए संचालन गर्न अवरोध गर्नु हुँदैन भनी राज्य सरकारलाई चेतवानी दिएका छन् | जीटीए संचालनमा सरकारको बाधाले कुनै असुविधाहरु सृजना भए त्यसको जिम्मेवार मुख्यमन्त्री हुनु पर्नेछ भन्दै मुख्यमन्त्रीको यस प्रकारको डिभाइड एण्ड रूल नीतिको कडा बिरोध जनाएको छ ||

Viewing all articles
Browse latest Browse all 3853