Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपू रम्बी बजार अनि बाइपास ठेकेदार संघको सभा

$
0
0
Road Construction
मङपू रम्बी बजार अनि बाइपास ठेकेदार संघको एक आवश्यक सभा पीडब्ल्युडी रोड्स बङलोमा संघको सभापति भुपाल मोक्तानको उपस्थितिमा सम्पन्न भयो | सभामा संघका सबै सदस्यवर्गको उपस्थिति रहेको थियो | सभामा संघको सचिव राम पोख्रेलले आगमी दिनको कार्यक्रम विषय प्रकाश पार्दै संघले वेस्ट बेङगाल एक्ट XXVI 1961 अनुसार सरकारी पंजीकृत संख्या S/2L न० 53857 प्राप्त गर्न सफल भएको छ भन्दै संघको रेजिस्ट्रेशन सम्बन्धमा सभालाई बताए भने कोषाध्यक्ष अर्पण प्रधानले आय ब्याय बारे जनाए | यसरी नै लेखापरिक्षक गगन राईले सदश्यवर्गमा एकता कायम राखेर बलियो बनाई लैजान पर्ने कुरो बताए | यो सभाले सर्वसम्मतिको साथ पवन बललाई संघको उपसभापति अनि शरद थापालाई कार्यकारिणी सदश्यको रुपमा चयन गरेको छ | सभामा उपसभापति पवन बलले संघको उदेश्य ठीक हुन पर्ने, सदश्यबर्गमा पारस्पारिक सम्बन्ध ठीक हुन पर्ने, कसैको साइटमा कसैले हस्तक्षेप नगर्ने, काम कुरोमा पारदर्शिता राखेर गर्नुपर्छ भन्दै आगमी दिनमा चीफ इन्जिनियर, एसडीओ आदिलाई डेपुटेशन दिनुपर्ने जस्ता महत कुरोहरुको सल्लाह दिए | सभाले बीके चौधरीलाई मुख्य सलाहकारको रुपमा चयन गर्यो भने सहसचिवद्वय राजेन राई अनि निमा लेप्चाले ठेकेदारको हितमा संघको पक्षमा दुई कुरा राखे | सभामा कार्यकारिणी सदश्य सरद थापाले पनि सम्बोधन गर्दै आफ्नो मन्तब्य पोखेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles