Quantcast
Viewing all articles
Browse latest Browse all 3853

भोलि मङपुमा दिपक बज्रचार्य र माउन्टेन सोलको प्रस्तुति हुने

हिमालय सेवा सदन लोहापुल राजमार्ग १०का युवाहरुले हालमा धेरै नै समाजिक कार्यक्रमहरु जस्तै सफाई अभियान निशुल्क चिकित्सा जाँच शिविरहरुको आयोजना गर्दै आईरहेका छन् | यस पल्ट पनि आईतबार १२ मईको दिन भब्य संगीतमय कार्यक्रम समर म्युजिक फेस्टको साथमा नि:शुल्क चिकित्सा जाँच  शिविर मङपु जनमैदानमा गरिने जानकारी संस्थाको पक्षमा उत्तम राईले दिएका छन् | भोलि आइतबारको दिन  दिउसो ११ बजे देखि हिमालयन सेवा सदनको आयोजनमा ख्यातिप्राप्त ब्याण्ड माउनटेन शोल,नेपालका प्रतिष्ठित गायक दीपक बज्राचार्य, नेपालका हास्यकलाकार सुबोध गौतम, दार्जीलिङ,कलेबुङ र खरसंगका  कलाकारहरुले संगीतमय कार्यक्रम प्रस्तुत गर्ने भएको छ | उक्त स्वास्थ्य जाच शिविरमा  सिलगडीबाट आँखा डक्टर अनि सिक्किमबाट फिजिसियन डाक्टरहरु आउने भएकोले सबैले नि:शुल्क रुपमा आँखा जाच अनि  स्वस्थ्य जाच गराउन सक्नेछन् | उक्त सगीतमय कार्यक्रम अनि निशुल्क स्वास्थ्य जाच शिविरमा आयोजक समिति सबै सबैलाई हार्दिक स्वागत गरेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles