Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा रबिन्द्रनाथ ठाकुरको १५९ औं जन्म जयन्ति पालन

$
0
0
Rabindranath Tagore 159th Birth Anniversary at Mungpoo
मङपु, ९ मई:कविगुरु रबिन्द्रनाथ ठाकुरको १५९ वां जन्म जयन्ती मङपुमा अवस्थित तिनको स्मृति संग्राहलयमा पालन गरियो | विगत धेरै वर्षहरुदेखि विश्वकविको जन्म जयन्ति अनि पुण्यतिथिमा सम्बन्धित विभागबाट त्यति महत्व नदिएको कारण मङपुमा कविगुरु सम्बन्धि कार्यक्रमहरु हुननसकिरहेको अवस्थामा यसपल्ट भने सुचना एवम सांस्कृतिक विभाग पश्चिम बङ्गाल सरकारले जन्म जयन्तिको कार्यक्रम आयोजन गरेको थियो |

कुनै मंचको तयार नगरी संग्राहलयकै अघि सम्पन्न कार्यक्रममा बिशेष रुपले दार्जीलिंग, सिलिगुडी, जलपाइगुडी अनि कोलकाताका गुरु अनुरागीहरु उपस्थित रहेका थिए भने कार्यक्रममा भुटिया बिकाश बोर्ड, गुरुङ बिकाश बोर्डको पक्षबाट पनि कलाकारहरुले नृत्यहरु प्रस्तुत गरे | स्थानीय मानिसहरुको त्यति सहभागिता नरहेको कार्यक्रममा समतलका कलाकारहरुबाट रबिन्द्र संगीत, कविता अनि आवृतिहरु प्रस्तुत गरिए | 
Cinchona Director Dr Samual Rai garlanding Kavi Guru Rabindranath Tagore
माला अर्पण गर्दै सिन्कोना निर्देशक डा० सामुयल राई
स्थानीय सिन्कोना बगान निर्देशक डा० सामुयल राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सुचना एवम सांस्कृतिक विभाग दार्जीलिंग जिल्लाका अधिकारी जगदीश चन्द्र रोयको बाहुलीबाट दीप प्रज्ववलन गर्दै कार्यक्रमको शुभआरम्भ गरिएको थियो |


परिमिता दासगुप्तले संचालन गरेको जन्म जयन्ति कार्यक्रममा  कालेबुङ एसपी आइपीएस धुर्वज्योति दे , गुरुङ बोर्ड अध्यक्ष खगेन्द्र गुरुङ अनि मङपु कोर्र्टका न्यायाधिस रुपेन्द्र नाथ घोष उपस्थित साथै रविन्द्र स्मृति कल्याण केन्द्रका कर्मचारीहरु बीके मोक्तान, सदुमा छेत्री अनि केयर टेकर शिशिर रावत पनि उपस्थित रहेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853