Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मैला व्यावस्थापनको समस्याले छोडेन छ्याङ खोलालाई

$
0
0
Chhyangkhola near judicial court mungpoo
तक्दाह खण्ड अन्तर्गत पर्ने मङपुको रेशेप बजारको मुखैमा पर्ने छ्याङ खोलालाई फोहोर मैला व्यवस्थापनको समस्याले हालसम्म पनि छोडेको छैन | यो क्षेत्रलाई फोहोर मैलामुक्त राख्न मङपुबासी आजसम्म चुकेको छ | चाल पाएदेखि यता छ्याङ खोला बजारबासीको निम्ति मैला फ्याँकिने उपयुक्त स्थान बन्दै आइरहेको छ | मैलाकै थुप्रो बढेको कारण विगत दुई चार वर्ष पहिले वर्खाको समय पहिरो सोहोरिएर मूल सडकको आधा भागनै लागेको छ | छेवैमा जुनियर न्यायालय छ तर यो स्थानले भने न्याय आज पर्यान्त पाउन सकिरहेको छैन | वर्खाले पहिरो चलेको केहीपछि विभिन्न राजनैतिक दलकाहरु तक्दाह खण्ड कार्यलयमा कन्ट्रयाक हत्याउन धुइरो लागेको अपुष्ट खबरहरु सुनिए पनि किन हो कुनै काम भने भएन | 

Garbage at Chhyangkhola Mungpoo
मुन्तिरको गाउँ अनि सबैको आरोप छ रेशेप बजारबासी अनि दोकानेहरुले नै मैला फ्याँक्ने गरेकोले समस्या बढेको हो | दोकानदार अनि अन्यलाई समस्या छ मैला कहाँ फ्याँक्ने? यस्तैमा केही वर्ष अघिनै सिन्कोना निर्देशलयसम्म डम्पिङ ग्राउण्डको निम्ति अपिलहरु पुगेको हो र निर्देशालयबाट केही पहल गर्ने कोशिश भएपनि सिन्कोनाको मङपु विभागभित्र डम्पिङ ग्राउण्ड बनाउन खोजिएकोले विवादमै फँस्यो | फलत: निर्देशलयसित सम्पर्क गरे हामीले पहल गर्दैछौं बाहेक अन्य उपलब्धि यत्तिका वर्षहरुमा पाइएको छैन | डम्पिङ ग्राउण्ड बनिएपनि त्यहाँसम्म मैला कसले लाने, कसरी लाने समस्या थपिने देखिन्छ | छ्याङखोलामा फ्याँकिएका मैलाहरु हेरेर बुझ्न सकिन्छ ती मैलाहरु ज्यादातर कहाँबाट आउँदैछ | केही वर्षअघि मात्र हु केयर्सले पूर्णरुपले छयाङखोला सफा गरे, दोकान या घरबाट निस्किएका मैलाहरुलाई कसरी ठेकान लगाउनु पर्ने सो कुरा दोकाने साथै बजारबासीलाई सिकाइराखे | बार हालेर मैला फ्याक्न निषेधसम्मको पोस्टर टाँसे | तर केही महिना फोहर मैला ल्याउँदै जलाएको जस्तो गरेतापनि हालमा मैलाको थुप्रो यत्ति बढेर गयो कि अब सडकको किनारसम्मै मैलाको थुप्रो हेर्न पाइन्छ | फेरि हु केयर्सले नै सफा गर्न पर्ने ? दुर्गन्धपूर्ण क्षेत्रमा विधार्थीदेखि लिएर वृद्ध – वृद्धासम्म नाक थुनेर हिड्न पर्ने अवस्था छ | यही सडकमा मङपुका साधारण जनतादेखि लिएर शिक्षित, बुद्धिमान व्यक्तिहरु साथै मङपुलाई नै प्रतिनिधित्व गर्छु भन्ने राजनैतिक नेतृत्वहरु हिड्ने गर्छ तर सरोकार पक्ष भने आजसम्म देखा परेको छैन |

मङपुबासी कति सचेत छ यसको उदाहरण बजार भित्रिन अघि नै स्पष्ट बुझ्न सकिन्छ | मङपुको सुन्दरीकारण र सफा वातावारण निर्माण कार्यमा चुकेको छ मङपुबासी साथै राजनैतिक नेतृत्वहरु समक्ष पनि मङपुको नयाँ संरचना बारे कुनै योजना नरहेको आजसम्मको इतिहासले स्पष्ट देखाइसकेको छ |  


Chhyangkhola Mungpoo near Courtसमस्या यसरी पनि बढेको छ कि मङपु सरकारी सिन्कोना बगानले सिन्कोनाको सम्बन्धित खेतीपाती बाहेक यस्ता सार्वजनिक समस्याहरुलाई खासै महत्व दिएर समाधान गर्ने गरेको पाइएको छैन | हालमा जन घनत्वले ३० देखि ४० हजारसम्मको माइलखुट्टी पक्रिसकेको मङपु क्षेत्रमा केही वर्षअघि मङपुलाई नगरपालीका बनाउने, छुट्टै खण्ड बनाउने मागहरु फाटक फुटुक सुनिएपनि सम्बन्धित निकाय त के सम्पूर्ण मङपुबासीधरिले सुन्न सकेन जुन माग समयोचित रहेको यस्ता सार्वजनिक समस्याहरुको समधान हुन नसक्दा बुझ्न सकिन्छ |

समस्यालाई यतिमै सिमित नराखेर अब मङपुका हरेक सचेत अनि सरोकारी व्यक्ति बिशेषहरुदेखि लिएर संघ संस्थाहरु अघि आइ मङपुलाई सफा सुन्दर राख्दै बजारको मुखैमा रहेको मैलाको थुप्रोहरुलाई चिरस्थायी व्यवस्थापनको दिशामा पहल गर्न अत्यावश्यक रहेको देखिन्छ ||    


Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images