Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

यसरी शुरु गरे विनय तामाङले चुनाव प्रचार अभियान

$
0
0
Binay Tamang starts Darjeeling Assembly bypoll campaign
आगामी 19 मईका दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनावको निम्ति गोजमुमो अध्यक्ष विनय तामाङले प्रचार अभियान सुरु गरेका छन्। उनले दार्जीलिङ जिल्लाको सुदुरवर्ती क्षेत्र धोत्रेबाट आफ्नो चुनाव प्रचारसँगै जनसम्पर्क अभियान सुरु गरेका छन्। उनले आज दार्जीलिङ शहरदेखि सुदुरवर्ती क्षेत्र धोत्रेमा अवस्थित पवित्र धर्मस्थलहरू धोत्रे कर्म साङडुप धार्गे छोइलिङ गुम्बा अनि धोत्रे शिव मन्दिरमा बौद्ध अनि हिन्दु धर्म परम्पराअनुसार विधिवत् पुजा-अर्चना गरेर शुरूआत गरेका छन्।

उक्त दुवैवटा धर्मस्थलहरू अलग धर्मावलम्बीहरूको निम्ति धार्मिक आस्थाका केन्द्रहरू भएतापनि एकै स्थलमा निर्मित छन्। जुन धार्मिक स्थलमा उक्त क्षेत्रवासिका मानिसहरूको विशेष आस्था रहेको छ। स्थानीय वासिन्दाहरूको निम्ति दुवै धार्मिक स्थलहरूको विशेष धार्मिक विश्वास अनि श्रद्धा रहिआएको ठाउँमा आज तामङले भक्तिभावको साथमा पूजा अर्चना गरेर आफ्नो चुनाव प्रचार अभियान सुरु गरेका हुन्।
यसक्रममा तामाङले दार्जीलिङको सबैभन्दा सुदूरवर्ती क्षेत्र रिम्बीक लोधोमा समष्टि अन्तर्गत पर्ने डाँड़ागाउँ सिरीखोला,लगायत विभिन्न क्षेत्रहरूमा जनसम्पर्क अभियान गरेका छन्। यसै अवसरमा आज तामाङले रिम्बिक बजारमा आयोजित चुनावी पथसभालाई पनि सम्बोधन गरे। क्षेत्रमा विभिन्न गाउँहरूबाट आएका मानिसहरूलाई सम्बोधन गर्दै तामाङले आगामी 19 मईको दिन हुने विधानसभा उपचुनावमा आफुलाई बिजयी बनाउने अपिल गर्दै आफुले बिजयी बनेर विधानसभा पुगेको खण्डमा जनताको पक्षमा धेरै कामहरू गर्ने बाचा पनि गरे।
 http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images