Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मोर्चा मङपु लाब्दा समष्टिको कार्यलय उदघाटन

$
0
0
GJM Mungpoo labdah samasty office
गोर्खा जनमुक्ति मोर्चा मङ्पु लाब्दा समष्टिको पार्टी कार्यलयको बिधिवत उद्घाटन गोर्खा जन्मुक्ती मोर्चा समष्टि अध्यक्ष एड्वर्ड लेप्चा महासचिव गगन राई संगठानिक सचिव राम पोख्रेल युवा मोर्चा खर्साङ महकुमा एव मङ्पु लाब्दा समष्टि महासचिव बिज्ञान मिश्र , केन्द्रीय एव समष्टि युवा प्रवक्ता अनित खाती ट्रेड युनियन अध्यक्ष किसन बुढाथोकी प्रवक्ता रिनेश शेर्पा वरिष्ठ नागरिक अनिल रुद्र रावत ,कमल छेत्री, धन कुमार खवास , नारी मोर्चा अध्यक्ष बसुन्धरा रावत, रेखामणी राई गोर्खा जनमुक्ति युवा मोर्चा उपाध्यक्ष शेखर मोक्तान साङ्ठ्निक सचिव दिब्य बम्जोन सन्जीव तामाङको विशेष  उपस्तिथिमा सम्पन्न गरियो। आजको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समष्टि अध्यक्ष एड्वर्ड लेप्चाले अब सम्पुर्ण मोर्चा कार्यकर्ता सक्रिय रूपमा  अघि बढ्ने र सासद उम्मेदवार अमर सिंह राइलाइ मङपु लाब्दा समष्टिबाट बिपुल मात्रा मा भोट दिलाउने जिम्मेवारी लिने आह्वान गरे अनि बिगतका नेतृत्वहरुको टीका टिप्पणी नगरेर बर्तमान नेतृत्व माननीय गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिनय तामङ साथै महासचिव अनित थापाको हात बलियो बनाउने संकल्प गर्ने निर्देश सम्पुर्ण कार्यकर्ता गरे। सम्पुर्ण कार्यकर्तालाइ आ आफ्नो शाखालाई मजबुत बनाउने पहलपटि लाग्ने अनुरोध पनि राखे। यसरि नै उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समष्टि महासचिव गगन राइले धेरै दिन देखि को पार्टी कार्यालय शुरु गर्ने प्रयास आज सफल भएको र नालीडाडा स्तिथ बस बिसाउनी नजिक बहुतल्ले भवनमा पार्टी  युवा मोर्चा युनियन र नारी मोर्चाको कार्यलय शुरु भएको मा  खुशी व्यक्त गरे र अवोप्रान्त कसैको घरमा र बरन्डा मा नभएर कार्यालयमा  आकस्मिक सभा र कार्यकर्तासित भेटघाट सुचारु रूपमा हुने जानकारी गराए। आगामी १७ औ लोक सभा चुनावको निम्ति युद्धस्तरमा सभा हरु समष्टि भरी सम्पन्न भैरहेको र सम्पुर्ण कार्यकर्तालाइ जाग्रिलो भएर लागीपर्ने आह्वान पनि वहाले गरे। बिगतमा भने जस्तो जगा नपाएर कार्यकर्ताले भोग्नु परेको समस्याको समाधान भएको मा आनद अनुभव गरेको बताए । आज को कार्यक्रममा धेरा मात्रामा कार्याकर्ताले उपस्तिथि दिएको मा सबैलाइ धन्यवाद ज्ञापन पनि दिए  कार्यक्रममा समष्टि कानुनी सल्लाहकार एव अधिवक्ता सृष्टिराज राई विशेष रूपमा उपस्तिथि थिए |

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles