Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बिमलपन्थी पूर्व सभासद दावा लेप्चाको घर कुर्की

$
0
0
Sabhasad Dawa Lepcha
पूर्व सभासद एवम् विमल गुरुङका ज्वाईँ दावा लेप्चाको घर पुलिसले कुर्की गरेको छ। कालेबुङ जिल्ला पुलिसले आज लेप्चाको पेदोङमा अवस्थित घर कुर्की गरेको हो। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा लेप्चा विरुद्ध लागेको विभिन्न मुद्दाहरूको आरोपमा अघिबाटै न्यायालयले उनलाई पक्राउ वरान्ट जारी गर्दै न्यायालय समक्ष हाजिर हुने निर्देश जारी गरेको थियो। आन्दोलनको कालमा लागेका विभिन्न मुद्दाहरूको आरोपमा उनलाई न्यायालयले पक्राउ वारन्ट जारी गर्नका साथै न्यायालयमा हाजिर हुने आदेश दिँदा पनि न्यायालयमा उपस्थित बन्न नसक्दा आखिरमा उनको घर नै कुर्की गरेको छ।

न्यायालयले लेप्चाको कालेबुङ जिल्ला अधिनस्थ कायोंग बस्तीमा अवस्थित घर कुर्की गर्ने आदेश दिएपछि आज कालेबुङ पुलिसले उनको घर कुर्की गरेको हो। यस अवधी कालेबुङ थानाबाट धेरै सङ्ख्यामा पुलिस बल लेप्चाको घरमा पुगेका थिए भने उनको घरबाट विभिन्न सामानहरू पुलिसले जफत गरेर आफ्नो अधिनमा लिएको छ।
पूर्व सभासद दावा लेप्चा 105 दिन चलेको बन्दकै अवधी विमल गुरुङसँगै भूमिगत बनेका हुन्। उक्त अनिश्चितकालिन बन्दको समय विभिन्न ठाउँहरूम पुलिसले विस्फोटक पदार्थहरू उद्धार गरेको अनि ठाउँ-ठाउँमा भएको विस्फोटको घट्नाहरूमा समेत उनलाई आरोपि बनाइएको छ। जसको कारण पुलिसले लगातार खोजि अभियान चलाइरहेको छ भने अहिलेसम्म उनी भूमिगत अवस्थाबाट बाहिर निस्कन सकेका छैनन्।
उनी विरुद्ध कालेबुङ थानामा IPC - 147, 148, 149, 436, 323,353, 326,367, 302, 120B, ¾ PDPP act, UAPA act, R/w Sec 3 –PDPP act लगायत अन्य मुद्दाहरू लागेको छ। जसको आधारमा पुलिसले लेप्चालाई न्यायालयमा उपस्थिति दिन नसकेपछि आखिरमा घर कुर्की गरेको हो। लेप्चाले न्यायालयको आदेश अनुसार निर्धारित समयमा आफ्नो उपस्थिति अदालतमा दिन नसकेपछि उनको घर कुर्की गर्न अदालतले आदेश जारी गरेको थियो भने सोही आदेश अनुसार आज कालेबुङ पुलिसले लेप्चाको घर कुर्की गर्दै घरबाट सामानहरू कब्जा गरेको छ।
http://www.gafsaff.com/


Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images