मङपु विभाग अन्तर्गत पर्ने सिम्ले युनाइटेड बोइज क्लले विगत धेरै वर्षहरुदेखि क्षेत्रमा फूटबल टुर्नामेन्टको आयोजना गर्न मात्र होइन तर समाजका कतिपय गतिविधिहरुमा पनि आफ्नो सक्रियता राख्दै आएको कुरो सर्वविधित छ | यस्तैमा क्लबले आगमी १७ मार्चको दिन नि:शुल्क आँखा जाँच शिविरको आयोजना गर्ने भएको छ | मानिसको निम्ति आँखानै सबैभन्दा महत्वपूर्ण अंग रहेको ठहर गर्दै क्षेत्रका आँखा रोगीहरु जसले टाडा गएर आफ्नो जाँच गराउन नसकिरहेको स्थिति साथै सबै तह तप्काका मानिसहरुको हितको निम्ति क्लबले यहाँको नालीडाँडा स्थित बस स्ट्याण्डमा निशुल्क आँखा जाँच शिविर गर्ने निधो गरेको छ | विहानको १० बजे उसो सम्पन्न हुने शिविरमा सिलिगुडीबाट आएका आँखाका डाक्टरहरुबाट आँखा रोगीहरुले नि:शुल्क रुपमा आफ्नो आँखा जचाउन सक्ने साथै नि:शुल्क औषधि पनि लिन सक्ने जानकारी प्राप्त छ | डाक्टर प्रधान्स आइ केयर सिलिगुडीको संयुक्त आयोजना रहेकोले रोगीहरुले कुनै उपचार गराउन पर्ने या चश्मा बनाउन परे उक्त अस्पतालले ५० प्रतिशत छुट दिने पनि जानकारी क्लबले दिएको छ ||
↧