Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अह्लुवालियाले मागे क्षमा भने भूमिपुत्र सम्बन्धमा मेरो बयानको गलत अर्थ लागेको छ

$
0
0
Darjeeling MP SS Ahluwalia
मेरो जन्म बंगालमा भएको हो। गोर्खा समुदायसँग मेरो सम्बन्ध निकै पुरानो हो। भनौं, श्री सुबास घिसिङको नेतृत्वमा भएको पहिलो गोर्खाल्याण्डको आन्दोलन अनि श्री आर० बी० राईको नेतृत्वमा भएको नेपाली भाषा आन्दोलनकालदेखि नै हो। त्यसपछि श्री बिमल गुरूङको नेतृत्वमा गोजमुमोको गोर्खाल्याण्ड आन्दोलन हो। गोर्खा दाज्यु-भाई तथा दिदी-बहिनीहरूको हक र अधिकारको निम्ति दार्जिलिङ समष्टिबाट निर्वाचित संसद सदस्य हुन अघाडीदेखि नै लड्दै आईरहेको छु अनि सदैव लडीरहने छु। भारतीय संसद्को प्रोसिडिंग्समा गोर्खा जाति अनि गोर्खा चिन्हारीको निम्ति मैले बोलेको कुराहरू कोट्याएर हेर्दा हुन्छ, त्यो एउटा नमेटिने इतिहास हो| संसदीय विषय भएको राजनैतिक मागहरूमा एउटा सांसदको काम कोशिष गर्ने हो अनि मैले कोशिष गर्नुमा कुनै कसर बाँकी राखेको छुइन| वर्तमानमा दार्जिलिङको प्रतिनिधित्व गरेर सांसदको भूमिका निभाउनु मेरो निम्ति गर्वको कुरा हो|
आउँदो २०१९ को लोकसभा निर्वाचनमा समाजका केहि वर्गले दार्जिलिङ समष्टिलाई भूमिपुत्रद्वारा प्रतिनिधित्व गरिनु पर्छ भन्ने मांग गरीरहेका छन्। उनीहरूको मागलाई मेरो विरोध छैन, तर मेरो विवादित मानिएको भिडियो फुटेजमा वृहत प्रजातान्त्रिक देशमा म आफै स्पष्ट हुन् चाहेको केहि प्रश्नहरू छन्| उहाँहरूलाई म केहि प्रश्न सोध्न चाहान्छु:
 १) मानिस कसरी भूमिपुत्र बन्दछ?
२) के अधिवास प्रमाणपत्र भए मात्र मानिस भूमिपुत्र बन्दछ?
३) के दार्जिलिङ, कालिम्पोङ, खर्साङ, सिलीगुडी, नक्सालबारी, फाँसीदेवा अनि चोपडाका बासिन्दाहरू मात्र भूमिपुत्र हुन् त?
मेरो प्रश्न अनि मेरो बयान वास्तवमा दुई विशेष ब्यक्तिहरूको निम्ती मात्र थियो। एकजना जसको पिता नेपाली नागरिकताको भरमा ब्रिटिश सेनामा जागिर खाएर आए अनि दोस्रो जसले गत केहि वर्ष अघिसम्म मात्र नेपाली नागरिकताको आधारमा दुबईमा जागिर खाएर आएको हो । के उनीहरूले "भुमिपुत्र" को कुरा गर्नु सुहाउँछ?
मलाई २०१७ को आन्दोलनमा पहाड नआएको आरोप लगाइन्छ| वास्तवमा म दिल्लीमा बसेर दार्जीलिंगको निम्ति जाति गर्नुसक्छु त्यति दार्जीलिंग मै बसेर गर्न सक्दिन| विमल गुरुङको नेतृत्वमा चलेको उक्त आन्दोलन जब शिखरमा पुग्यो तब केही व्यक्तिहरूले नै १०५ दिनको आन्दोलनलाई धोका दिएर गोर्खाको सपनाको हत्या गरेपछि अहिले यिनीहरुले नै भुमिपुत्रको कुरा गर्नु कतिसम्म न्यायसंगत हो त भन्ने मेरो प्रश्न हो| के गोर्खा जातिलाई त्यस्ता तथाकथित भूमिपुत्रले फेरी धोका दिंदैन र? विमल गुरुङलाई धोका दिनेहरूले कस्तो भुमिपुत्रको कुरा गरेका हुन्?
यी दुई व्यक्तिहरूको बारेमा दार्जिलिङ जिल्लाका सबै मानिसलाई पनि थाहा छ। यिनीहरू को हुन् भन्ने कुरो जनतालाई राम्ररी जान्दछन्।
यी माथिका प्रश्नहरू र मेरो बयान आफ्नो ठाउँमा सहि हुँदाहुँदै पनि मेरो वक्तव्यले आशय खुलाउन नसकेकोले समाजका केहि व्यक्ति र वर्ग भ्रमित भए अनि मसँग रिसाए| मिडिया अनि सोसियल मिडियामा मेरो आशयको गलत अर्थ लाग्यो र मेरो सही भावना र बयान धमिलियो।
यो मेरो सही अर्थको भावना र बयानमा म अडिग रहँदछु अनि देशप्रति प्रेम, भातृत्व अनि देशभक्ति भएको व्यक्ति राष्ट्र अनि राष्ट्रको कुनै पनि ठाउँको भूमिपुत्र हुन् भन्ने म ठान्दछु ।
आज गोर्खा अनि सिख सिपाहीहरू एकजुट भएर देशको सुरक्षाको निम्ति सिमानामा खडा छन् । ती सबै भारत माताको भूमिपुत्रहरू हुन् ।
यहाँहरूलाई निवेदन गर्दछु कि मेरो प्रश्नहरू, भावना र बयानको असमझदारी र निष्कर्षमा आउनु अघाडी मैले साझा गरेको मेरो बयानको भिडियो हेर्नु होला प्रष्ट हुनेछ।
यद्धपी, मेरो कुराले धेरैजना गोर्खा दाजु-भाई, दिदि-बहिनीको भावनालाई ठेस पुगेको कुराले म दुखि छु अनि ईमान्दारीपुर्वक क्षमाप्रार्थी छु।

http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles