Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

३ देखि ६ फरवरीसम्म जोगीघाट सांस्कृतिक माघे मेला हुने

$
0
0
Jogighat Sanskritik Maghey Mela 2019
मङपुको प्राकृतिक पर्यटन स्थल जोगीघाटमा विगत विगत २०१३ – १४ मा गोर्खा क्षेत्रीय प्रशासनको आयोजनामा सप्ताहव्यापी महकुमा स्तरीय विराट कृषिमेला सम्पन्न भएदेखि यता जोगीघाट प्राय: शुनसान छ | विगतका ती मेलाहरुकै कारण स्थानीय साथै सिटोङ क्षेत्रमा पर्यटनसंगै अन्य सम्बन्धित व्यवसायमा थुप्रै सघाव पुगेको कुरा नकार्न सकिंदैन साथै त्यसै मेलाहरुकोको फलस्वरूप जोगीघाट नाम दिनोदीन पर्यटन स्थलको रुपमा चिनिंदैछ भने टाडा नजिकका पर्यटक साथै अन्य मानिसहरु जोगीघाटमा बनभोज खान अनि शहर बजारको कोलाहलदेखि बाहिर शान्त स्थानमा छुट्टीको एउटा दिन व्यतित गर्न आइपुग्ने गरेको पाएको छ | यही अग्रगामी गतिलाई निरन्तरता दिन यसवर्ष पुन: तीन दिवसीय जोगीघाट संस्कृतिक माघे मेला सम्पन्न हुने निश्चित भएको छ | जुन मेला आगमी ३ फरवरीदेखि शुरु भएर ६ फरवरीसम्म रहनेछ | मेलामा विभिन्न यान्त्रिक खेलहरु संगै ३ फरवरीको दिन नेपालका चर्चित गायिका तृष्णा गुरुङको प्रस्तुति रहनेछ भने यसको साथमा प्रत्येक दिन विभिन्न स्थानीय अनि बाहिरका ब्याण्डहरुद्वारा गीत, गजलहरु तथा नृत्यहरुको प्रस्तुति पनि रहनेछ | जसमा क्लिप्स ब्याण्ड गान्तोकको प्रस्तुति, अज्ञात ब्याण्ड कालेबुङको नौलो प्रस्तुति साथै डीजे धमाका, स्थानीय कलाकारहरुद्वारा नेपाली, हिन्दी गीत गजलको प्रस्तुति, अन्तर विभागीय ग्रुप डान्स, मादले लोक गीतहरुको प्रस्तुति अनि विवेक परियारको मनोरन्जनात्मक प्रस्तुति रहनेछ | मेलाकै सुअवसर पारेर समाजका विभिन्न तहका सामाजिक व्यक्तित्व साथै प्रतिभाहरुलाई सम्बर्धना जनाइने जस्ता आकर्षक कार्यक्रमहरु लिएर जोगीघाट मेला आयोजक समितिले कम्मर कसिसकेक्को छ | यति मात्र नभएर मेलामा गोर्खा जातीय पारम्परिक घरको प्रदर्शनी साथै खानपानको व्यवस्था अनि निशुल्क स्वास्थ्य जाँच शिविर, एन्टी रेविज भ्याक्सिनको पनि प्रबन्ध मेला आयोजक समितिले मिलाएको जानकारी प्राप्त छ | मेलाको निम्ति स्थल साफ सफाई साथै फ्लेक्स ब्यानर टाँसिने काम युद्ध स्तरमा चलिरहेको छ ||

Viewing all articles
Browse latest Browse all 3853