Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

पहाडबाट भाजपाको कालो ग्रहण हट्नेछ भन्दै विनय अनित पुगे ब्रिगेड मैदान

$
0
0
Binay Tamang Anit Thapa
तृणमूल कङ्ग्रेसको कोलकोताको ब्रिगेड मैदानमा आयोजित वृहत जनसभामा भाग लिन गोजमुमो अध्यक्ष विनय तामाङ अनि उपाध्यक्ष अनित थापा कोलकोता पुगेका छन्। आगामी लोकसभा चुनावमा भाजपा विरोधी शक्तिहरूलाई एकवद्ध बनाउँन आयोजित उक्त जनसभामा सहभागी बन्न मुख्यमन्त्री ममता ब्यानर्जीको निमन्त्रणा पाएर कोलकोता पुगेका विनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर ‘गोर्खाहरूलाई लगातार 10 वर्षसम्म विश्वासघात गर्दै चुनावी स्वार्थपूर्ती गरिरहेको भाजपालाई उनीहरूको विश्वासघातको जवाब दिन गोर्खा जनमुक्ति मोर्चा प्रतिवद्ध रहेको छ’ भनेका छन्।

‘हरेक पल्ट झूटो आश्वासन अनि सपनाहरू देखाएर गोर्खाहरूको भोट लुट्ने भाजपालाई यसपालि गोर्खाहरूले उनीहरूको विश्वासघातको जवाब दिनेछ। विगतको दुईवटा चुनाउमा दार्जीलिङ पहाड़बाट रिकर्डतोड़ भोट पाएर सांसद बनाउने भाजपा यसपालि दार्जीलिङ पहाड़मा फोरफीट हुनेछन्। यो हाम्रो प्रतिवद्धता हो’ विनय तामाङले जारी प्रेस विज्ञप्तिमा भनेका छन्।
लोकसभा चुनाव अघि भाजपा विरोधी शक्तिहरूको गठबन्धन पूर्वको उक्त जनसभाको निम्ति निर्मित मञ्चमा मुख्यमन्त्री ममता ब्यानर्जीसँगै पहाडबाट गएका विनय तामाङ, अनित थापाले मञ्च साझा गर्नेछन्। यसका साथै भारतीय राजनीतिका अन्य नेताहरू पनि भाजपा विरूद्ध मोर्चामा सामेल बन्न उक्त मञ्चमा आसिन बन्नेछन्।
105 दिनको गोर्खाल्याण्ड आन्दोलनको समय बेसहारा अनि विचलित भएको गोर्खाहरूको पक्षमा एक शब्द समेत नबोल्ने, केन्द्रिय विश्वविद्यालयको झूटो आश्वासन दिने तथा 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने दिशामा लगातार बहानाबाजी अनि झूटो बोल्ने भाजपालाई गोर्खाहरूको पक्षमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष अनि महासचिवले कलकत्ताको ब्रिगेट मैदानको रयालीमा भाग लिएर जवाब दिने पनि विनय तामाङले बताएका छन्।
‘गोर्खाल्याण्डजस्तो महत्वपूर्ण मुद्दामाथि भावनात्मक ब्ल्याकमेलिङ गर्ने भाजपाले अब गोर्खाहरूको व्यावहारिक अनि बौद्धिक रणनीति एवं राजनीति देख्नेछ। गोर्खाहरूले अब  भावनात्मकरूपमा भाजपाको अन्धोभक्त भएर होइन तर व्यावहारिक अनि बौद्धिक राजनीति गरेर आफ्नो सपनाको सुरक्षा आफै गर्नेछन्’ विनय तामाङले विज्ञप्तीमा भनेका छन्।  यसका साथै उनले दिशाहीन आन्दोलनले तहस-नहस भएको गोर्खाहरूको वर्तमान अनि भविष्य अब सुनियोजित अनि शान्तिपूर्ण व्यवसाथामार्फत निर्माण गरिने पनि बताएका छन्।
‘आज कलकत्ताको ब्रिगेट मैदानमा आयोजित गठबन्धन तेस्रो मोर्चाको र्‍याली गोर्खाहरूको उज्ज्वल भविष्यको दिशातिरको एक सकरात्मक पदक्षेप हुनेछ भने पहाड़बाट भाजपाको कालो ग्रहणको अन्त दिवसको रूपमा पनि अङ्कित हुनेछ’ विनय तामाङले भनेका छन्।
http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles