Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

भारत बन्दले फाट्यो जोइण्ट फोरम दार्जीलिङ

$
0
0
Joint forum Darjeeling tea
8 र 9 जनवरी भारत बन्दले दार्जीलिङको जोइण्ट फोरमंमा नै विभाजन सृजना भएको स्पष्ट भएको छ। फोरमका संयोजक र प्रवक्ताको अलग-अलग बयानले फोरमभित्र फाटो नै आएको प्रमाणित भएको छ। जोइण्ट फोरमका संयोजक वा गोरामुमोको श्रमिक संगठनका कार्यकारी अध्यक्ष जेबी तामाङले 8 र 9 जनवरी भारत बन्द अवधि पहाडका सम्पूर्ण चियाबगान खुल्ला रहने घोषणा गरे भने यसको केही समयपछि माकपा कार्यालयमा जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले एक पत्रकार सम्मेलनको आयोजना गरेर चियाबगान खुल्ला राख्ने निर्णय जोइण्ट फोरमको होइन भनेका छन्।
यसबारे फोरमका संयोजक जेबी तामाङले भने-यसको साटो जोइण्ट फोरमले दार्जीलिङमा टी बोर्ड र (पीएफ) भविष्यनिधि कोष कार्यालय घेराउ गर्ने निर्णय लिएको छ। आज यसैको जानकारी गराउँदै जोइण्ट फोरम दार्जीलिङ हिल सब्-कमिटीका संयोजक जेबी तामाङले भने-त्यसै पनि दार्जीलिङ पहाडका चियाश्रमिकहरूले पहाड बन्दको कारण धेरै समस्या खप्न परेका छन्। यसमाथि अझै चियाबगान बन्द गर्दा चियाश्रमिकहरूमाथि नै फेरि समस्या थुप्रिनेछ। यसैले चियाबगानका श्रमिक संगठन एकाईहरूको परामर्शअनुसार नै जोइण्ट फोरमले पहाडका चियाबगानहरू खुल्ला राख्ने घोषणा गरेको हो।
उनले भने-चियाश्रमिकदेखि देशभऱिका खटिखाने मजदूरवर्गको हितमा देशका विभिन्न श्रमिक संगठनहरूले आगामी 8 र 9 जनवरी भारत बन्दको घोषणा गरेको छ। जसलाई जोइण्ट फोरमले नैतिक समर्थन जनाएको छ। तरै पनि पहाडका चियाबगान अनि श्रमिकहरूको समस्यालाई ध्यानमा राखेर जोइण्ट फोरमले यस्तो निर्णय लिएको हो।जोइण्ट फोरमले भनेअनुसार, भारत बन्दको आह्वान गर्ने राष्ट्रिय श्रमिक संगठनहरूले चियाश्रमिकहरूका समस्या समाधानको लागि पनि आवाज उठाएको छ। चियाश्रमिकहरूको लागि लागू बोनसको सिलिङ 20 प्रतिशतलाई हटाउऩुपर्ने, हालसम्म चियाश्रमिकहरूले पाउने 1,000 रूपियाँ बोनसलाई मासिक 6,000 रूपियाँ बनाउनुपर्ने, न्यूनत्तम रोजी 18,000 रूपियाँ बनाउनुपर्ने साथै अन्य मागहरू सामेल छन्। यसैलाई समर्थन जनाउँदै जोइण्ट फोरमले यस दुइ दिवसीय भारत बन्दको घोषणालाई नैतिक समर्थन जनाएको हो। तरै पनि दार्जीलिङ पहाडका चियाबगानहरूलाई खुल्ला राखेर भविष्यनिधि कोष कार्यालय अनि टी बोर्ड कार्यालयमा घेराउ गर्ने साथै ज्ञापन पेश गर्ने कार्यक्रम बनाइएको हो, तामाङले थपे।
उनले भने-दार्जीलिङ पहाडका धेरैवटा चियाबगान मालिकहरूले चियाश्रमिकहरूको भविष्यनिधि कोष जमा गरेकै छैन। जुन रकम करोडौं पुगिसकेको छ। यसैले चियाबगान मालिकहरूमाथि भविष्यनिधि कोष जमा गराउन चाप सृजना गरोस् भन्ने उद्देश्यले नै फोरमले भविष्यनिधि कोष कार्यालय घेराउ गर्ने कार्यक्रम बनाएको हो। यता गोर्खा जनमुक्ति मोर्चाले यस भारत बन्दलाई समर्थन पनि छैन, विरोध पनि छैन भन्ने जनाउँदै पार्टीले अघिबाटै बन्द नगर्ने निर्णय लिएको बताएको छ। पार्टी प्रवक्ता सुरज शर्माले भने-गोजमुमो अध्यक्ष विनय तामाङले अघिबाटै दार्जीलिङ पहाडमा कुनै बन्द वा हड्ताल नहुने वा दार्जीलिङ पहाडलाई बन्दमुक्त राख्ने घोषणा गरिसकेका छन्। यसैले भारत बन्दमा पनि पार्टीको अडान स्पष्ट छ। किनभने, दार्जीलिङ पहाड बन्दबाट दार्जीलिङ पहाडका जनताले केवल नोक्सान खप्न परेका छन्। यसैले पहाडमा कुनै बन्द हुँदैन। यसरी नै दार्जीलिङको हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले पनि 8 र 9 जनवरी पहाडको यातायात सेवा पूर्णरूपले खुल्ला रहने घोषणा गरेको छ। यसैबीच, राज्य सरकारले पनि एक अधिसूचना जारी गरेर 8 र 9 जनवरीका दिन कार्यालय नआउने कर्मचारीहरूको वेतन काटिदिने चेताउनी दिएको जानकारी पाइएको छ।

http://pratibymba.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles