Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रङ्जुभेल्ली गोजमुमोबाट स्थानीय म्युजिकल ब्याण्ड अनि फुटबल क्लबलाई आवश्यक सामग्री प्रदान

$
0
0
GJMM Rangju Valley helps to Music band-football club
गोर्खा जनमुक्ति रङ्जुभेल्ली शाखाद्वारा एक औपचारिक कार्यक्रमबीच स्थानीय म्युजिकल ब्याण्ड, भाइन ब्याण्ड अनि फुटबल क्लब रङजुभेल्ली युथ फुटबल एकाडेमीलाई आवश्यक सर-सामग्रीहरू प्रदान गरियो। स्थानीय मनोरञ्जन गृहमा आयोजित एक औपचारिक कार्यक्रममा गोजमुमोको तर्फबाट भाइन ब्याण्डलाई एउटा इलेक्ट्रिक गिटार, एउटा हलो गिटार, साउण्ड सिस्टम अनि अन्य सामग्रीहरू प्रदान गरियो भने रङजुभेल्ली युथ फुटबल एकाडेमीलाई 15 वटा खेलाड़ीको नाम अनि नम्बर अङ्कित जर्सी, हाफ-प्यान्ट,स्टकिङ आदि प्रदान गरियो।
मुख्य अतिथि गोपीमाया गुरूङको बाहुलीबाट भाइन ब्याण्डलाई वाद्य वादन प्रदान गरिदै रङ्जुभेल्ली सिन्कोना बगानका ग्याङ्मेन दिल कुमार दर्नालको अध्यक्षता अनि स्थानीय गोपीमाया गुरूङको मुख्य आतिथ्यमा आयोजित उक्त कार्यक्रममा गाउँका भूतपूर्व फुटबल खेलाड़ीहरूलाई सम्मान पनि जनाइएको थियो भने भूतपूर्व खेलाड़ीहरूको बाहुलीबाट नै  रङ्जुभेल्ली युथ फुटबल एकाडेमीका खेलाड़ीहरूलाई जर्सी सेट पनि प्रदान गरिएको थियो। यसबाहेक अतिथिहरूको बाहुलीबाट एकाडेमीको लोगो अनि झण्डा पनि सार्वजनिक गरियो।

यसरी नै सभापति, मुख्य अतिथि अन्य अन्य अतिथिहरूको बाहुलीबाट भाइन ब्याण्डका कलाकारहरूलाई वाद्य वादनहरू प्रदान गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गोजमुमो शाखा अध्यक्ष मिलन गुरूङले कुनै पनि राजनैतिक दलको लक्ष्य व्यक्तिगत स्वार्थप्रेरित नभएर समाजको निम्ति हुनुपर्ने बताउँदै गोजमुमोको नयाँ सोच अनि विचारलाई शिरोपर गर्दै आफूहरू सोही विचार लिएर अघि बड़िरहेको बताए। यसै क्रममा मुख्य अतिथि गोपीमाया गुरूङले पनि आजको कार्यक्रम सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ससाना नानीहरूलाई पनि सही मार्गमा समेट्ने दिशामा कार्य गरिनुपर्ने आवश्यकतामाथि जोड़ दिएका थिए।कार्यक्रममा स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images