Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

हरियाणाका गोर्खा युवा युवतीहरु पनि आए बिनयको समर्थनमा

$
0
0
Hariyana youth supports Binay Tamang
हरियाणा स्थित मौलाहेडा गाउँबाट ५३ जाना युवा युवतीहरुले वर्तमान गोजमुमो अध्यक्ष बिनय तामाङलाई समर्थन जनाएको जानकारी दिल्ली एन.सी.आर गोजमुमो उपाध्यक्ष एवं पार्टी प्रवक्ता समिरण खम्बु राईले दिएका छन्। आज गुडगाँउ सेक्टर २२ स्थित समाजिक भवनमा एक कार्यक्रममा उनीहरूले गोजमुमो पार्टी अध्यक्ष विनय तामाङलाई समर्थन जनाएको दाबी गरिएको छ।

गुडगाउ शाखाको पहलमा डाकिएको उक्त कार्यक्रममा दिल्ली एनसीआर गोजमुमो अध्यक्ष बिनोद प्रधान, महासचिव बिनोद घले, उपाध्यक्ष एवं पार्टी प्रवक्ता समिरण खम्बु राई, निरज रावत छेत्रि, किशन मुखिया,पुरण शर्मा लगायत अन्य पार्टीका नेताहरू उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा विनोद प्रधानले वर्तमान गोजमुमो अध्यक्ष बिनय तामाङको नेतृत्वमा पार्टीलाई अझ दरिलो बनाउनको निम्ति युवाहरूले समर्थन गर्नेक्रम जारी रहेको बताएका छन्। उनले अब उसो अझ जन चेतना कार्यक्रमहरुको साथमा जन समुदायसँग सम्पर्क गर्ने क्रमिक कार्यक्रम गर्ने पनि बताएका छन्। यसक्रममा सोहि कार्यक्रममा गर्दै दिल्ली एनसीआर महासचिव घलेले नयाँ समर्थन जनाउने समर्थकहरुलाई स्वागत अभिनन्दन जनाएका थिए।
http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles