Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

हिल एन्जल्सको रजत जयन्ती पालन

$
0
0
Hill Angels Academy Silver Jubilee celebration
विगत १९९३ सालमा स्थापित मङपुको एक अंग्रेजी विधालय हिल एन्जल्स एकाडेमीले आज एक भब्य कार्यक्रमको आयोजन गर्दै रजत जयन्ती समारोह पालन गर्यो | समारोहका प्रमुख अतिथि एनएचपीसीका मुख्य अभियन्त प्रभारी एसके अग्रवाल अनि सभाध्यक्ष गोबिन तमांगको बाहुलीबाट स्थानीय समाजसेवी व्यक्तित्ववर्गलाई स्मृति चिन्ह प्रदान गरियो | यसरी प्रमुख अतिथिको बाहुलीबाट २५ वां वर्षगाँठको केक काटिएर कार्यक्रमको आरम्भ गरियो | राजत जयन्ति समारोहमा विधालयका नानीहरुले सुन्दर गीत, नृत्य आदि प्रस्तुत गरेर सम्पूर्ण दर्शकवर्गलाई मन्त्रमुग्ध पारे | कार्यक्रमलाई जुनियर अनि सिनियर दुई भागमा अन्तर्भुक्त गरिएको थियो जसमा विधालयका नानीहरु आरोही राई, इसिका मुखिया, वर्षा छेत्री, गौरव मुखियाले संचालन गरेका थिए | विधालयका प्राचार्य मनोज मोक्तानले यसरी आज हिल एन्जल्स एकाडेमीले रजत जयन्ति पालन गर्न सकेकोमा हर्ष प्रकट गर्दै अहिलेसम्म सहयोग गर्ने सबैमा आभार व्यक्त गरे | समारोहमा भूतपूर्व शिक्षक, शिक्षिकागण, भूतपूर्व विधार्थीवर्गलाई पनि विधालयको पक्षबाट स्मृति चिन्ह सहित खदा अर्पण गरि सम्मान जनाइयो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles