रङबी विभाग अन्तर्गत हेल्पिङ ह्याण्ड रुरल वेलफेयर सोसाइटी एनजीओको ३ महिने भोकेशनल तालिमको समापन कार्यक्रम रङबी प्राथमिक पाठशाला भवनमा दार्जीलिंग नेहरु युवा केन्द्रका सचिव महेन्द्र लामा, नितेस छेत्री, सिन्कोना बगान र ङबी विभाग सह व्यवस्थापक बर्नाली विश्वास एवम विभागका विशिष्ट नागरिकको उपस्थितिमा सम्पन्न भयो | ३ महिना भोकेशनल तालिममा उत्कृष्ट कौशल हासिल गरेर वापत पहिलो, दोश्रो अनि तेश्रो ग्रेटका प्रशिक्षनार्थीहरुलाई महेन्द्र लामा, नितेश छेत्री र बर्नाली विश्वासको बहुलीबाट प्रमाण पत्र सहित पुरस्कार प्रदान गरियो | अनि अन्य ३० जना प्रशिक्षनार्थीहरुलाई एडवर्ड लेप्चा लगायत उपस्थित विशिष्ट नागरिकको बाहुलीबाट सफलताको कामना सहित पुरस्कार प्रदान गरियो | कार्यक्रमलाई सह सचिव अनुप गुरुङले संचालन गरेका थिए भने एनजीओ सभानेत्री माला मोक्तानले उपस्थित सबैलाई आभार प्रकट गरिन् ||
↧