Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शिक्षा ज्योति प्राथमिक पाठशालामा वार्षिक एवम विदाई कार्यक्रम

$
0
0
Shiksha Jyoti Primary school Mungpoo
शिक्षा ज्योति प्राथमिक पाठशाला रेसेप फरेस्ट बस्तिले आफ्नो बार्षिक कार्यक्रम, पुरस्कार वितरण एवम विदाई कार्यक्रम सम्पन्न गर्यो | पाठशालाका उपस्थिति समितिका अध्यक्ष ओङदी शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाठशाला उप परिदर्शिका मङपु क्षेत्र अमिना तामांग तथा विशिष्ट अतिथि दिछेन वाइबा एआई तक्दा खण्डको बिशेष उपस्थिति रहेको थियो | पाठशालाका सह शिक्षक धीरज राईद्वारा संचालित कार्यक्रममा पाठशालाबाट स्थानान्तरण भएर गणेश प्राथमिक पाठशाला कालेबुङमा गएका शिक्षिका रन्जना प्रधानलाई ससम्मान विदाई एवम सम्बर्धना जनायो | पाठशाला प्रधान अध्यापकद्वारा विदाई पत्र हस्तान्तरण गरी प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा श्रद्धा, शाल तथा स्मृति चिन्ह प्रदान गरियो | सह शिक्षक विवेक दाहालद्वारा संचालित कार्यक्रममा यस वर्षको परिक्षामा प्रथम, दितीय अनि तृतीय हुने विधार्थी तथा यसै विधालयका भूतपूर्व विधार्थी जसले माध्यमिक अनि उच्च माध्यमिकमा प्रथम दर्जामा सफलता हासिल गरेका थिए उनीहरुलाई पनि खदा एवम पुरस्कार प्रदान गरे | यसरी नै यस भेकका दुवै समाज अमरदीप संघ र बौद्ध संघका साथै अभिभावकवर्गको सहयोगितामा सम्पन्न कार्यक्रममा विधार्थीहरुले नृत्य, गीत, बालगीत लगायत रंगारंग कार्यक्रम प्रस्तुत गरेका थिए | प्रमुख अतिथिले आफ्नो सम्बोधन राख्दै प्राथमिक शिक्षालाई अझ गुणस्तर बनाएर लानपर्ने तथा सरकारले दिएको सहुलियतको फाइदा सबैले लिनपर्ने अनि प्राथमिक शिक्षा प्रति सम्पूर्ण अभिभावक जागरुक हुनपर्ने आह्वान गरे | प्रधान शिक्षक बिकास छेत्रीले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा स्वयसेवी शिक्षक विवेक तामांगको पनि बिशेष सहयोग थियो | सम्पूर्ण गाउँलेहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम सफलतापुर्वक समापन भएको थियो ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles