Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जनजातिको मुद्दामा बिमल र भाजपाले गोर्खा समुदायमाथि बारम्बार खेलवाड गरेको प्रमाणित भएको छ - विनय

$
0
0
Binay Tamang present GTA BOA Chief
जनजातिको मुद्दामाथि विमल गुरूङपन्थी अनि भाजपा सरकारले गोर्खाहरूलाई लगातार झूटमाथि झूट बोलेर गोर्खा समुदायको आस्था- भरोषामाथि लगातार खेलवाड़ गर्दै आइरहेको कुरा प्रमाणित भएको विनय तामाङले दाबी गरेका छन्।

‘मैले 11दिसम्बरको दिन जनजातिको मुद्दा शीतकालीन सत्रमा पेश हुन लागिरहेको 63वटा बीलहरूमा कत्तै उल्लेख गरिएको छैन भनेर जनतासामु सार्वजनिक नगरिदिएको भए विमल गुरूङ समूह अनि भाजपाले झूटै आश्वासनमात्रै दिइरहन्थे। मैले उक्त कुरा सार्वजनिक गरेपछि विमल गुरूङले जुअल ओरमसित पत्राचार गर्नु उनीहरूको नाटकमात्रै हो। यदि जनजातिको मुद्दामा विमल गुरूङहरू साच्चै इमान्दार थिए भने उनीहरूले शीतकालीन सत्र शुरू हुनभन्दा अघि नै उक्त कुराको छिनाफाना गरिसक्नुपर्ने थियो’ विनय तामाङले भनेका छन्।
उनले गत 6दिसम्बर 2018को दिन प्रधानमन्त्री नरेन्द्र मोदीकै अध्यक्षतामा क्याबिनेट मीटिङ पनि सम्पन्न भएको बताउँदै उक्त क्याबिनेट मीटिङमा समेत जनजातिको मुद्दामाथि पहल नगरिएको दाबी गरेका छन्।
‘गोर्खाहरूलाई लिएर विमल गुरूङको इमान्दारिता  अनि भाजपाको दुईमुखे नीति यसले पनि स्पष्ट गर्छ। भाजपाको यही दुईमुखे नीतिको कारणले गर्दा 2017अगस्त महीनामा विमल गुरूङसित हाम्रो मतभेद शुरू भएको हो। गोर्खाहरूको निम्ति कुनै पनि सहानुभूति नराख्ने भाजपाको यही दुईमुखे नीतिबारे विमल गुरूङलाई बताउन चाहँदा उनले यो कुरा नबुझेर उल्टै हामीलाई जाति विरोधी अनि गद्दार आदिको संज्ञा दिए तर हामीलाई गद्धार अनि जाति विरोधी भन्नेहरूले जाति विरोधी हामी हौं कि भाजपा अनि विमल गुरूङ हुन् त्यो राम्ररी बुझ्नुपर्छ’ विनय तामाङले भनेका छन्।
यसैक्रममा उनले भूमिगत नेता विमल गुरूङले पत्राचार गरेर जनजातिको मुद्दा अन्तर्भुक्तिको निम्ति गरेको अपील पनि भाजपा अनि गुरूङको दुईमुखे नीतिकै हिस्सा हो भनि आरोप लगाएका छन्।
’11 जातगोष्ठीलाई जनजातिमा अन्तर्भुक्ति गरिनुको लागि आरजीआईको रिपोर्ट के छ सोबारे केन्द्र सरकारले पहिला सार्वजनिक गर्नुपर्छ। यसपल्टपनि संसदमा बील प्रस्तुत नगरिकन जनताको आँखामा धुलो हाल्नु साधारण नोटिफिकेशनमात्रै निकाल्ने काम नहोस्। किनभने रोशन गिरी अनि एसएस आहलुवालिया यस्तो कार्यमा महाचतुर छन्। किनभने पोलिटिकल डेलिगेशनभित्र के-कस्तो खिचडी पाक्छ त्यो हामी सबैलाई थाह छ। त्यसमाथि हामीलाई मुर्ख नबनाए पनि हुन्छ’ विनय तामाङले भनेका छन्।
यसपालिको शीतकालीन सत्रमा जनजातिको बील फत्ते हुन्छ भन्दै हिजोस्तीसम्म ढोल पिट्ने सासंद एसएस आहलुवालिया, विमल गुरूङ, रोशन गिरी अनि धारावाहिक डेपुटेशनमा जाने प्रतिनिधि टोलीका सदस्यहरूले अब जनतासामु वास्तविक कुरा सार्वजनिक गरी भूल स्वीकार गर्नुपर्ने पनि तामाङले बताएका छन्। यसक्रममा यदि भाजपा साँच्चै इमान्दार भए यसरी भीख जस्तै बारम्बार मागीरहनु पर्ने थिएन भनि उनले बताएका छन्।
105दिनको गोर्खाल्याण्ड आन्दोलनमा एक शब्द नबोल्ने सांसद एसएस आहलुवालिया अनि भाजपा सरकारको विश्वासमा 2007सालदेखि एउटै मुद्दामा दाजु-भाईजस्तो मिलेर बसेको हामीलाई जाति विरोधी अनि गद्धारको फत्तुर लगाएर जनतासामु हामीलाई बदनाम अनि प्रताड़ित गराउने विमल गुरूङ अनि रोशन गिरीहरूले अब जनतासामु भाजपा अनि आफूहरूको इमान्दारिता प्रमाणित गरेर देखाउन्’ विनय तामाङले अझ भनेका छन् –‘नत्र जनतालाई भड़्खालोमा हालेर जनजातिको मुद्दामा समेत बेइमानी गर्ने भाजपासितै विमलपन्थी नेतृत्त्वहरूलाई समेत दार्जीलिङ पहाड़को जनताले माफी दिनेछैनन्।’
यसैक्रममा उनले जनजातिको मुद्दालाई लिएर राजनीति गरिरहेको विमल गुरूङ खेमाको आवेदन लिएर केन्द्रका बहिरो नेतृत्वहरूसमक्ष डेलिगेशनमा जाने कतिपय संघ- संस्थाका प्रतिनिधिहरूलाई पनि हामी सचेत बनेर पाइँला अघि सार्ने सुझाउ दिँदछौ भनि तामाङले प्रतिनिधी टोलिमा जाने सदस्यहरूलाई भनेका छन्। ‘तपाईहरू राजनैतिक दावपेँच बुझ्नुहुन्न त्यसैले तपाईहरू अहिले विमल गुरूङहरूको खेताला भइरहनुभएको छ। भोलिको दिनमा जनजातिको मुद्दामाथिको विफलता विमल गुरूङहरूले तपाईहरूको काँधमा हाल्नेछन् जसरी हामीलाई गोर्खाल्याण्ड आन्दोलनको विफलताको जिम्मेवारी ठहराइएको थियो’ उनले भनेका छन्।

http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles