Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सेन्ट एन्थोनी स्कूलको वार्षिक कार्यक्रम एवम परिक्षाफल वितरण कार्यक्रम सम्पन्न

$
0
0
St Anthony School Annual concert cum result Day 2018
सेन्ट एन्थोनी स्कूल मङपुले आफ्नो शैक्षिक सत्र २०१८ पुरा गर्दै आफ्नो वार्षिक कार्यक्रम एवम परिक्षाफल वितरण कार्यक्रम सम्पन्न गर्यो | स्कूलको निम्ति जमीन एवम विधालय दाता सुर्य बहादुर तामांग, ममता तामांगको प्रमुख आतिथ्य तथा विदेन प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नर्सरीदेखि चौथो श्रेणीसम्मका विधार्थीहरुले रोचक रयाम्स, नृत्य, कविता आदि प्रस्तुत गरेर मनोरन्जन गरेका थिए | स्कूल प्रिन्सिपल सन्तोष विश्वले स्वागत सम्भाषण राखेको कार्यक्रममा हरेक श्रेणीका प्रथमदेखि तेश्रो स्थानमा उतीर्ण हुने विधार्थीहरुलाई परिक्षाफलको साथमा पुरस्कारहरु दिएर अझ प्रोत्साहन दिएका थिए | यसै कार्यक्रममा विधालय संचालन समितिको पक्षमा केशर मोक्तान तथा भानु राईले स्कूलको बर्तमान अवस्था, व्यवस्थामाथि चर्चा गर्दै आगमीदिनहरुमा स्कूललाई कसरी अझ बढोत्तरी गरेर लान पर्ने हो त्यस विषयमा विचार राख्दै उपस्थित अभिभावकहरुलाई पनि जानकारी गराएका थिए | स्कूलको वार्षिक कार्यक्रममा आमा अनि बाबा अभिभावकहरुलाई लिएर रोचक खेल, नृत्य आदि प्रस्तुत गरेर कार्यक्रमलाई अझ मनोरन्जनात्मक तुल्याएका थिए | यसरी नै कार्यक्रम अवधि विधालयको लट्रीको पनि घोषणा गरेर पुरस्कार वितरण गरिएको थियो | प्रमुख अतिथि, अभिभावक अथिति आदि उपस्थित रहेको कार्यकममा स्कूलले सुर्य बहादुर तामांग अनि उनकी पत्नीलाई उपहार दिएर स्कूलको निम्ति जमीन साथै भवन प्रधान गरेकोमा कृतज्ञता प्रकट गरे भने सुदीम सुनामले उपस्थित अनि कार्यक्रमलाई सफल पार्न हात बढाएका सम्पूर्णलाई कृतज्ञता प्रकट गरेका थिए भने कार्यक्रमलाई शिक्षिकाहरु क्रमश: डाडोमा शेर्पो, सबिना तामांग, अर्जिना राई, सुरबी गुरुङ, प्रितिका प्रधानले संचालन गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles