Quantcast
Viewing all articles
Browse latest Browse all 3853

क्रामाकपाको २३ औं प्रतिष्ठा दिवस आजदेखि

क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी)-ले 14 दिसम्बरदेखि 16 दिसम्बरसम्म पहाडका विभिन्न स्थानहरूमा आफ्नो 23औं प्रतिष्ठा दिवस पालन गर्ने निधो गरेको छ। आजभन्दा 23 वर्षअघि अलग राज्य गोर्खाल्यान्डको माग गर्दै क्रामाकपाको स्थापना भएको थियो। जसले यसै मागको लागि अहिलेसम्म पनि संघर्ष जारी राखेको छ।
पार्टीको 23औं प्रतिष्ठा दिवस समारोह पालन गर्ने जानकारी गराउँदै पार्टी अध्यक्ष वा पूर्व सांसद आरबी राईले भने-अल्पसंख्यक जातिको अस्तित्व रक्षाको लागि उठाइएको अलग राज्यको मागलाई केन्द्र र राज्य सरकारले विभिन्न छलछाम गरेर समाप्त गर्ने प्रयास गरिरहेको छ। यसैको रक्षाको लागि क्रामाकपाले संघर्ष गर्दै आइरहेको छ। क्रामाकपाले अलग राज्यको मागलाई बँचाउन र छलछामबाट जोगाउन विभिन्न प्रयास गरिरहेको छ। यसैको लागि क्रामाकपाले दार्जीलिङ पहाडमा हुने गरेका आवेशमय घट्नाहरूमा पनि प्रत्यक्ष-अप्रत्यक्षरूपमा सहभागिता जनाउने कार्य गरिरहेको छ। उनले भने-दार्जीलिङ पहाडमा संविधानको धारा 19 अनुसार बोल्न पाउने मौलिक अधिकारसमेत हनन भइरहेको छ। विश्‍वको सबैभन्दा ठूलो गणतान्त्रिक देश मानिएको भारतको पश्‍चिम बंगाल राज्य अधीनस्थ दार्जीलिङ पहाडमा यस्तो स्थिति आउनु कदापि उचित होइन। यसैले गणतान्त्रिक साथै मौलिक अधिकार रक्षाको लागि सम्पूर्ण जनता अनि राजनैतिक पार्टीहरू एकवद्ध हुनपर्छ। उनले भर्खरै देशका 5 वटा राज्यमा भएको चुनाउमा भाजपा (भारतीय जनता पार्टी)-को हारबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने-देशमा कठोर धार्मिक अनि साम्प्रदायिक नीति चल्दैन भन्ने यस चुनाउको परिणामबाट स्पष्ट भएको छ। यसले देशमा ठूलो परिवर्तन आउनसक्ने संकेत पाइएको पनि राईले जनाए। उनको यो संकेत वर्ष 2019-को लोकसभा चुनाउ नै थियो।
स्मरण गराइन्छ, गत केही दिनअघि मात्रै राजस्थान, छत्तीसगढ, मध्यप्रदेश, तेलंगना र मिजोरममा भएको विधानसभा चुनाउमा भाजपाले गतिलै हारको सामना गर्न परेको थियो। यसमाथि विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले अघिबाटै खुशी जाहेर गरिसकेको छ भने क्रामाकपाले पनि यसलाई परिवर्तनको संकेत मानेको छ। यसैबीच, पूर्व सांसद राईले भने-हाल दार्जीलिङ पहाडमा चियाश्रमिकहरूको अधिकार हनन भइरहेको छ, न्यूनत्तम रोजी ऐनसमेत लागू गरिएको छैन, तर यसको लागि बोल्ने अधिकारसम्म छैन। यी सम्पूर्ण विषयहरूको लागि पहाडका सबै पार्टी एक हुनपर्छ। यसको लागि उनले स्थानीय मन मिल्ने पार्टीहरूसित कुराकानी गर्न शुरू गरिसकेको पनि जानकारी गराए।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles