Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु रबिन्द्रनाथ संग्राहलयको कागजपत्र नहराएको पुष्टि

$
0
0
Rabindranath museum Mungpoo doccuments found
मङपुको रबिन्द्रनाथ संग्राहलय भित्रको बहुमुल्य कागजपत्रहरु हराएको सनसनीपूर्ण खबर केही पत्रिकाहरुमा प्रकाशित भएको खबरले सबैलाई आश्चर्यचकित तुल्याएको छ | सोही घटनालाई केन्द्र गर्दै दर्पण संवाददाताले संग्राहलय साथै सिन्कोना निर्देशालयसित सम्पर्क गर्दा खबर झुटो साबित भएको छ | घटनाले यस कारण गति लियो कि बर्तमान उक्त संग्रहालयलाई पश्चिम बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीले नर्थ बेंगाल डेभ्लोपमेन्ट डिपार्टमेन्टद्वारा नाविनिकरण गरिरहेको थियो भने केही दिनअघि संग्रहालय घुम्न आएका पर्यटकहरुले रबिन्द्रनाथसित सम्बन्धित कतिपय कागजपत्र अनि सरसमानहरु नपाउँदा दु:ख प्रकट गरेका थिए भने एकजना पर्यटक राजिब चक्रवर्ती निराश बन्दै रबिन्द्रनाथसंग जडित कागजपत्रहरु नभेटिएको अनि तिनको समानहरु नाविनिकरणपछि पहिले जस्तो नराखिएको पत्रिकामा बयान दिएका थिए | तर आज सिन्कोना निर्देशक डा० सामुयल राईसित बुझ्न चाहँदा तिनले संग्रहालयको कुनै पनि समानहरु नहराएको अनि नाविनिकरणको समय सबै कागज पत्रहरुको लिस्ट बनाएर सुरक्षित राखिएको थियो जसलाई हालमा लिस्ट हेर्दै संग्राहलयमा नै पुराइएको छ भने पत्रिकाहरुमा आएको खबर झुटो रहेको बताएका छन् |

Rabindra Museum doccuments in Mungpoo
संग्रहालयका सुरक्षित कागजपत्र
 यसरी नै संग्राहलयका केयर टेकर शिशिर रावतले पनि पहिले केही संवाददाताहरुलाई यी समानहरु हालमा आफुले नपाउंदा नाविनिकरणको समय हराएको जस्ता वयानहरु दिएका थिए तर आज सिन्कोना निर्देशकसितको सम्पर्कपछि केयर टेकर रावतले आफ्नो भूल स्वीकार गर्दै आफुले भूल बुझेर गलत वयानदिएको बताए साथै संग्रहालयको केही समान पनि नहराएको अनि आज सबै प्राप्त भएको जनाउँदै खुशी व्यक्त गरेका छन् | रावतको भनाई अनुसार गत वर्ष २०१७ को आन्दोलनकालमा पनि नाविनिकरण भइरहेको थियो र त्यस समय आफुलाई अन्त कतै स्थान्नान्तरण गरिएको हुँदा संग्रहालयका सर सामानहरु कहाँ राखिएको थियो सो जानकारी नभएको कारण नै आफुले भूल बुझेको स्पष्ट पारे भने निर्देशक राईको स्पष्टिकरणपछि संग्रहालयको कुनै कागजपत्र नहराएर नाविनिकरणको समय अन्तकतै सुरक्षित स्थानमा राखिएको थाहा लागेको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images