Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सम्विधान दिवसमा अरिबहादुर गुरूङलाई बिनयले दिए श्रधान्जली

$
0
0
Ari bahadur gurung samadhi
संविधान दिवसको अवसरमा जीटीए बोर्ड अध्यक्ष एवम् गोजमुमो अध्यक्ष विनय तामाङले स्व. अरिबहादुर गुरुङको सम्झना गर्द श्रद्धाञ्जलि दिएका छन्। संविधान निर्माणको ड्राफ्टिङ कमिटिका सदस्य रहेका गुरुङलाई विनय तामाङले ‘गोर्खाहरूका गौरव हुन्’ भनेका छन्।
‘संविधान दिवसको अवसरमा आज सम्पूर्ण गोर्खाहरू गौरव स्व. अरिबहादुर गुरूङप्रति हार्दिक ससम्मान श्रद्धाञ्जलि अर्पण गर्दछौं। कालेबुङको भूमिमा जन्मिएको स्व. अरिबहादुर गुरूङ सम्पूर्ण गोर्खाहरूको गौरव पुरूष हुन्’ विनय तामाङले प्रेस बिज्ञप्ती जारी गरेर भनेका छन्। यसक्रममा गुरुङले संवैधानिक सभाका सदस्य रहेर अनि भारतीय संविधानमा हस्ताक्षर गरी राष्ट्रियताको सन्दर्भमा गोर्खाहरूको दह्रिलो प्रतिनिधि दिएका हुन् भनेका छन्। 
‘स्व. अरिबहादुर गुरूङले राष्ट्रको हितमा दिएको अतुलनीय योगदानको निम्ति हामी सम्पूर्ण गोर्खाहरू गौरान्वित रहेका छौं र उनलाई सदैव राष्ट्रियताको सन्दर्भमा हामी प्रतिनिधि पुरूषको रूपमा हेर्ने गर्दछौं’ विनय तामाङले अरिबहादुर गुरुङको स्मरण गर्दै भनेका छन्।
यसै अवसरमा वितेका दुईवर्ष अघि विमल गुरुङले गोर्खाहरूको गौरव पुरूष स्व. अरिबहादुर गुरूङ अनि डम्बर सिहँ गुरूङको सन्दर्भमा जिम्मेवारहीन एवं मूर्खतापूर्ण बयानको दिएको भन्दै खेद प्रकट गर्दै परिवार पक्षप्रति माफी समेत मागेका छन्।
‘त्यस समय मेरो अधीनमा रहेको सूचना एवं सांस्कृतिक विभाग, जीटीएमार्फत हामीले अति आदर अनि सम्मानको साथ 26 जनवरी 2016 मा स्व. अरिबहादुर गुरूङलाई सौहार्द एवं सम्मानको साथमा लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गरेका थियौं। तर त्यही वर्षको मार्च महीनामा विमल गुरूङले पूर्ण जनसमावेशबीच अरिबहादुर गुरूङ अनि डम्बरसिहँ गुरूङमाथि बेअर्थ अनि आधारहीन आरोप लगाउँदै अरिबहादुर गुरूङ र डम्बरसिहँ गुरूङले गरेको भूलको कारण आफूलाई गोर्खा भन्नु पनि लाज लाग्छ पनि भनेका थिए। एउटा जनप्रतिनिधि भएर यस्तो गैर-जिम्मेवारीपूर्ण वक्तव्य सार्वजनिक गर्नु अति ठूलो भूल मूर्खता थियो’ विनय तामाङले भनेका छन्।
यसक्रममा उनले विमल गुरुङको उक्त बयान अदूरदर्शीपनको उपज रहेको पनि बताएका छन्। ‘वास्तवमा विमल गुरूङको राजनैतिक दूरदर्शिता भन्नु नै यति नै थियो र यस्तै दूरदर्शिताको कारण नै विमल गुरूङको नेतृत्त्वमा 2007 देखि 2017 सम्मको10 वर्षको अन्तरालमा तीनपल्ट गोर्खाल्याण्ड आन्दोलन विफल भएको हो’ विनय तामाङले भनेका छन्।

Viewing all articles
Browse latest Browse all 3853