‘केन्द्र सरकारले केन्द्र शाषित प्रदेशको प्रारूप तयार पारेको चाल पाएर बिनय एण्ड कम्पनीलाई पैसा र चौकीको लोभ देखाएर सही प्रकारको आन्दोलनलाई भताभुङ बनाएको इतिहासले माफ गर्ने छैन’– उक्त कुरा पूर्व सभासद एवम् गोजमुमो (विमल गुट) पार्टीका नेता निमा तामाङले भनेका हुन्।
गतवर्ष चलेको गोर्खाल्याण्ड आन्दोलनकै क्रममा विमल गुरुङसँगै भूमिगत बनेका पूर्व सभासद निमा तामाङले पहिलोपल्ट प्रेस विज्ञप्ती जारी गरेर केन्द्र शाषित प्रदेश (युनियन टेरोटोरी)-को नयाँ मुद्दा झिकेका छन्। अहिलेसम्म केन्द्र शाषित प्रदेशको मुद्दा अघि नआएको विषयमा निमा तामाङले गतवर्ष चलेको गोर्खाल्याण्ड आन्दोलनमा नै केन्द्र सरकारले प्रारूप तयार पारेको भन्दै सोही कुरा चाल पाएर विनय तामाङहरूले आन्दोलनलाई भताभुङ बनाएको आरोप लगाएका छन्।
भूमिगत अवस्थामा रहेका तामाङले पहिलोचोटी जारी गरेको विज्ञप्तीमा युनियन टेरोटोरीको मुद्दा झिकेपनि उनले यसबारे स्पष्ट रूपले खुलस्त भने पारेका छैनन्। गोर्खा समुदायको एघार जातगोष्ठीलाई जनजातिको मुद्दा लिएर गोजमुमो विमल गुट अनि विनय गुटमा चलिरहेको वाक युद्धकै क्रममा निमा तामाङले केन्द्र शाषित प्रदेश (युनियन टेरोटोरी)को मुद्दा झिकेर नयाँ विवास सिर्जना गरेका छन्।
यसभन्दा अघिदेखि नै गोर्खा समुदायका एघार जात-गोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्न केन्द्र सरकारले शितकालिन सत्रमा बील संसदमा पेश गर्ने गोर्खा जनमुक्ति मोर्चा (विमल गुट) ले दाबी गरिरहेको छ। यसैक्रममा आज पहिलोचोटि गोजमुमो विमल गुटका युवा मोर्चा नेता एवम् पूव सभासद निमा तामाङ एक प्रेस विज्ञप्ती जारी गरेर जनजातिको मुद्दा पारित हुने प्रबल सम्भावना रहेको दाबी गरेका हुन् भने सोही विज्ञप्तीमा नै उनले केन्द्र शाषित प्रदेश (युनियन टेरोटोरी)को मुद्दा पनि झिकेका छन्। सक्रममा उनले जनजातिको मुद्दा पारित हुने सम्भावना देखेर नै विनय तामाङ अत्तालिएको पनि निमा तामाङले बिज्ञप्तीमा दाबी गरेका छन्।
‘आउँदो शितकालीन सत्रमा भाजपा सरकारले संसदमा बील पेश गरेर पारित हुने छनक पाएपछि अहिले विनय तामाङले उटपट्याङ कामहरू गरिरहेका छन्’ निमाता तामाङले बिज्ञप्तीमा अझ भनेका छन् –‘जनजाति हुने छनक पाएपछि बौलाह सरह दिल्ली आएका विनय तामाङले अञ्जनी शर्माको नेतृत्वमा जीएसएसएसको व्यापक बिरोधको सामना गर्न सकेनन्।’
उनले दिल्लीमा विनय तामाङको कुनै सिप नचलेपछि आफ्ना कार्यकर्तकाहरूलाई सांसदको पुतला जलाउनु, पोष्टर टाँस्न लगाएउनुको साथै भाजपालाई दोस्याएको आरोप लगाएका छन्। यसका साथै दिल्लीबाट के नै उपलब्धी ल्याएको जस्तो गरेर बागडुग्रा हवाइअड्डामा किरायाको मान्छे बोलाएर थुपार्नु जस्तो निम्न स्तरको राजनीति गरेको पनि आरोप निता तामाङले लगाएका छन्।
‘राज्य प्रशासनको आडमा पहाडमा धडपकड, जेलनेल, घर जलाउने अन्य राजनैतिक पार्टीहरूलाई सभा गर्ने समेत अनुमति नदिने विनय तामाङले दिल्लीमा आएर गणतन्त्र खोज्नु घामको छेउमा टर्च लाईट बाले जस्तो हो’ नितामाङ तामाङले विज्ञप्तीमा भनेका छन्। यसका साथै उनले विनय तामाङको अब एक्पाइरी डेट पुगिसकेको पनि दाबी गरेका छन्।
‘हामीलाई पहाडबाट भागेका भन्नेहरूलाई थाहा होला संसारमा कैयौँ नेताहरू भूमिगत भएर नै आन्दोलन सफल बनाएको इतिहास छ। अनि हामी व्यक्तिगत कारणको लागी भूमिगत भएका होइनौं। गोर्खा जातिको अस्तित्व, अस्मिता र राष्ट्रिय चिह्नारीको लागी जातीय कर्तव्य पुरा गर्न भुमिगत भएका हौं’ निमा तामाङले भूमीगत बन्नुको औचित्यबारे पनि बताउँदै भविष्यमा सफल हुने दाबी गरेका छन्।
भूमिगत बनेपछि पहिलोपल्ट प्रेस बिज्ञप्ती जारी गर्ने निमा तामाङले विगत वर्षको अनिश्चितकालिन बन्द समेत विनय तामाङले बङ्गाल सरकारको सुझावमा डाकेको आरोप लगाएका छन्। यसका साथै जीएमसीसी समेत विनय तामाङको कारण असफल भएको आरोप लगाएका छन्। ‘विनय तामाङले कैँजलेबाट लुकेर बङ्गालको सुनियोजित सुझाउमा अनिश्चितकालीन बन्द डाकेका थिए अनि जीएमसीसी पनि बिनय तामाङको हैकमवादको कारणले असफल भएको थियो’ विज्ञप्तीमा तामाङले भनेका छन्।
उनले जारी प्रेस विज्ञप्तीमा स्थायी समाधान छुट्टै राज्य गोर्खाल्याण्डले मात्र सम्भव छ भन्दै ‘विनय तामङ एन्ड कम्पनीको लागी काम, पैसा नै सर्वस्व हो’ भनेका छन्। यसक्रममा उनले विनय तामाङहरूसँग जनता साथमा नरहेको भन्दै विमल गुरुङसित जातिको उन्मुक्ति र गोर्खाल्याण्ड राज्य चाहने सम्पूर्ण गोर्खाहरू साथमा छन् भनि दाबी गरेका छन्।
http://pratibymba.com/