मानव उत्थान सेवा समिति, मङ्पु तहसीलको तत्वावधानमा आज भारत स्वच्छता अभियान कार्यक्रम अन्तर्गत रम्बी ब्लक हस्पिटल सर सफाई गरियो | राष्ट्रपिता महात्मा गांधीको जन्म जयन्तीको अवसर पारेर गांधीजीको देशसेवालाई स्मरण गर्दै समितिका विभिन्न शाखा प्रशाखाबाट आएका प्रेमी भक्तजनले खुबै जोश र जाँगरसित हस्पिटलको भित्र र बाहिर सर सफाई गरे | यस अवसरमा म. चाँद बाईजी अनि म. अलकनन्दा बाईजीको बाहुलीबाट रोगीहरूलाई फलफूल, साबुन, टूथपेस्ट, ब्रसका साथै आध्यात्मिक पत्रिका वितरण भयो | रम्बी अस्पतालकी बी. एम. ओ. एच. डा0 सीके छेत्रीको उक्त कार्यक्रममा विशेष उपस्थिति रहेको थियो | यसपछि स्थानीय रम्बी बजारमा अवस्थित शिव मन्दिरमा सत्संग कार्यक्रम सम्पन्न भयो |
कार्यक्रममा भक्ति संगीतका कलाकारहरूले श्रुतिमधुर वैराग्यपूर्ण भजन प्रस्तुत गरे | विशेष अतिथि कालिम्पोंगका गणेश खतिवडा, मंगपू तहसील मा उ से सका प्रभारी सन्त महात्मा अलकनन्दा बाईजीले सारगर्भित आध्यात्मिक विचारका साथै महात्मा गांधीको देश निर्माणमा योगदान माथि प्रकाश पारे | गर्मीको प्रकोपमा मन्दिर संचालन समितिका सदस्यवर्गले पेय जल वितरण गरेर सहायता गरे ||