Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

प्लास्टिक मुक्त राख्नलाई सहकारी ब्यांक मङपुको सफाई अभियान

$
0
0
Plastic free zone by Co Operative Bank Mungpoo
गत सोमबार स्थानीय दार्जीलिंग जिल्ला केन्द्रीय सहकारी ब्यांक मङपु शाखाद्वारा स्वच्छ भारत अभियान पालन गर्दै साथै मङपुलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने उदेश्यले ब्यांक कार्यलयका वरिपरिका क्षेत्र साफ सफाई गर्ने काम भयो | कार्यलय लगभग विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म बन्द नै रह्यो | यस अभियानमा मुख्यरुपले मङपु शाखा प्रबन्धक उमेश ठकुरी साथै अन्य कर्मचारीहरु राजु दाहाल, आधार राई, विश्वजीत राई आदिको पनि सहभागिता थियो भने सहकारी विभागका उच्च अधिकारी सिडीओ राजेन शेर्पा पनि उपस्थित रहेका थिए | सफाईको क्रममा स्थानीय मानिसहरुको पनि खुबै चासो अनि सहभागिता रहेको देखियो | सहकारी ब्यांक मङपु शाखाद्वारा यस अवसरमा स्थानीय मानिसहरुद्वारा प्लास्टिकको उपयोग कम रहोस भन्ने उदेश्यलले वातावरण झोला पनि वितरण गरियो साथै ब्यांक परिसर बाहिर पाँचवटा कुडादान पनि राखियो | कार्यक्रमका साथ साथमा ब्यांकका कर्मचारीवर्गले स्थानीय मानिसहरुलाई आफ्नो परिवेश सफा राख्ने साथै प्लास्टिकको उपयोग कम भन्दा कम गरि मङपुको सुन्दर पर्यावरणलाई बचाइ राख्ने अपिल पनि गरे ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles