Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

रंगबुल धोतरियाबाट ५३ घर टीएमसीमा सामेल, भने मुख्यमन्त्रीको विकास कार्य देखेरनै सिधै टीएमसीमा आएका हौँ

$
0
0
53 houses joins TMC party in Rangbull dhotriya
दुई दुई पल्ट बिजेपीको उम्मेद्वारलाई जिताएर लोकसभामा पठाउन मात्र भयो, हाम्रो भोटले जितेर गएर केन्द्रीय मन्त्री बने तर यहाँ  हामीलाई दु:ख पर्दा हामीले भेट्नै पनि सकेनाै। देख्नै पनि पाएनाै। १०५ दिनको बन्दमा आफ्नो मतदाताहरुको अवस्था कस्तो छ ? भनेर कुनै सोध खोज धरि गरेन। १०५ दिनको बन्दमा सबै भन्दा ज्यादा दु:ख चिया बगानको श्रमिक अनि गाउँ बस्तीको खटिखाने जनताले पायो। चिया कमानको श्रमिकहरुले ज्यादा बोनस कमाउने बेलामा साडे तीन महिना श्रमिकहरुले काम गर्न पाएन। साडे तीन महिना सबै कुरो छोडेर नारा र जुलुसमा खटिन पर्‍यो। नेताहरुले जे भन्यो जनताले त्यही गर्‍यो तर अहिले जनताले दु:ख पाको बेलामा नेताहरु कता कता छ। जनता  सचेत हुन पर्छ जो सुकैको हो हो रेमा यता उता गर्नु हुदैन। हाम्रो पार्टीको नेत्री अनि राज्यकी मुख्य मन्त्री सुश्री ममता ब्यानर्जीको नेतृ्त्व र आदर्शमाथि भरोसा राखेर आज हाम्रो पार्टीमा समावेश भएकाहरु नै रंगबुल धोतरिया इलाकामा हाम्रो पार्टीको बलियो घरेडी, पार्टीको मजबुत निंव हुनु पर्नेछ र उनीहरु सबै सबैलाई हाम्रो तर्फबाट न्यानो स्वागत जनाउँदछाैँ।
हिज ता: ३० सेप्टेम्वर, २०१८ को दिन रंगबुल कम्युनिटि हलमा बसेको तृणमुुल कंग्रेस पार्टीको सांगठानिक सभालाई सम्बोधन गर्दै दार्जिलिङ पार्टी प्रभारी  शारदा राई सुब्बाले भने। 
 
कल्याण गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा सुके जोरबङलो ब्लक तृणमुुल कंग्रेस सभापति एस० के० राई, सल्लाहकार अजय गुप्त लगायत हेम राई,  प्रदिप सुब्बा लगायत अन्य नेतृत्व  उपस्थित थिए।
१०५ दिनको बन्दपछि रंगबुल धोतरिया इलाकामा तृणमूल कंग्रेस पार्टीको यो पहिलो सांगठानिक सभामा अप्पर कलेज भेल्लीबाट वसन्त राईको नेतृत्वमा, बालासनबाट हिम्मत प्रधान र धोतरियाबाट विकास छेत्रीको नेतृत्व जम्मा ५३ परिवारले शारदा राई सुब्बाको हातबाट तृणमूल कंग्रेस पार्टीको झण्डा थापेर पार्टीमा समावेश भए। दार्जीलिङ तराई प्लान्टेशन लेबर युनियनको ब्लक सभापति अनि केन्द्रीय कमिटिको सदस्य रहिसकेका  वसन्त राईले पनि सभालाई सम्वोधन गर्दै भने राज्यमा सत्तासिन पार्टीले नै जनताकोलागि सबैकुरो गर्न सक्छ र राज्यको मुख्यमन्त्रीले जुन प्रकारले हाम्रो दार्जीलिङको लागि विकासको काम गरिरहेका छन् त्यसैलाई देखेर नै हामी सिधै तृणमूल कंग्रेस पार्टीमा आएको हाैँ। दार्जीलिङलाई युनिभर्सिटि दिनु भनेको ठूलो कुरा हो र हामीलाई यसरी दिन्छ भने हामीले पनि उनलाई साथ दिनु पर्छ भन्ने मेरो पक्का विचार भएकोले नै आज यो पार्टीको झण्डा समातेको हो।

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles