Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अब बोनसको लागि गेटसभा अनि आन्दोलन, अन्य कुनै विकल्प छैन

$
0
0
Tea workers in Darjeeling Hills
अब बोनसको लागि पनि गेटसभा नै। यदि गेटसभाले पनि केही नभए आन्दोलनबाहेक अन्य कुनै विकल्प छैन। दार्जीलिङ पहाडका चियाश्रमिकहरूको बोनस विषय लिएर चियाबगान मालिकपक्षले वास्ता नै नगरेपछि दार्जीलिङ पहाडका श्रमिक संगठनहरूद्वारा गठित जोइण्ट फोरमले पहाडका सम्पूर्ण चियाबगानमा गेटसभा गर्ने निर्णय लिएको छ। जुन गेटसभा 2 अक्टोबर गान्धी जयन्तीदेखि शुरू भएर 4 अक्टोबरसम्म जारी रहनेछ।
यसै विषय लिएर आज यहाँको क्रामाकपा कार्यालयमा जोइण्ट फोरमको एक सभा भएको थियो, जसमा भोलि फेरि मालिक संगठनलाई एक पत्र दिने, 2 अक्टोबरको दिन सम्पूर्ण चियाबगान प्रशासनलाई ज्ञापन दिने अनि 2 अक्टोबरदेखि गेटसभा शुरू गर्नेबारे छलफल गरियो।
यसैको जानकारी गराउँदै जोइण्ट फोरम हिल सब्-कमिटीका संयोजक जेबी तामाङले भने-दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई 20 प्रतिशतकै दरले बोनस दिनुपर्ने माग लिएर गत 27 सितम्बरको दिन जोइण्ट फोरमले चियाबगान मालिक संगठन डीटीए (दार्जीलिङ टी एसोसिएशन)-लाई एक पत्र दिएको थियो। तर यतिका दिन बितिसक्दा पनि उक्त पत्रमाथि मालिकपक्षले कुनै प्रतिक्रिया दिएको छैन। यसैले भोलि फेरि अर्को पत्र दिने योजना बनाएका छौं।
यसरी नै 2 अक्टोबरदेखि जोइण्ट फोरमका केन्द्रिय नेतृत्वहरूलाई लिएर प्रत्येक चियाबगानमा गेटसभाको आयोजना गरिनेछ। यसरी नै जोइण्ट फोरम प्रवक्ता सुनिल राईले पनि बोनसको लागि चियाबगान मालिकपक्षले झट्टै सम्झौता बैठक शुरू गर्नुपर्ने माग गर्दै दार्जीलिङ पहाड बन्दावधिको क्षतिपूर्ति पनि दिनुपर्ने माग उठाएका छन्। उनले भने-गत वर्ष दार्जीलिङ पहाड बन्द गर्ने चियाश्रमिकहरू होइनन्। जसले बन्द डाकेको थियो, उनीहरू अहिले जीटीएको चौकीमा बसेका छन्। तर त्यस बन्दको मर्का सबैभन्दा बेसी चियाश्रमिकहरूले भोग्न परिरहेका छन्। यी चियाश्रमिकहरूलाई गट वर्ष पहाड बन्दावधिको क्षतिपूर्ति दिनुपर्छ भन्ने माग लिएर सम्बन्धित निकायहरूसित भेट गरेका थियौं अनि ज्ञापन पनि दिएका थियौं। तर यसमाथि कुनै सुनवाई भएन। यसैले पहाडका चियाश्रमिकहरूलाई 8.33 प्रतिशतले होइन, 20 प्रतिशतकै दरले पूजा बोनस दिनुपर्छ। यसै विषयमाथि जोड दिंदै माकपा नेता समन पाठकले पनि भने-हाल जोइण्ट फोरमले द्विपक्षीय वार्ताबाट नै बोनसको समस्या समाधान होस् भन्ने चाहेको छ। यसैकारण हामीले यसको लागि लगातार चियाबगान मालिकपक्षलाई पत्र दिने काम गरिरहेका छौं। यदि जोइण्ट फोरमको यो प्रयास विफल भए आन्दोलनबाहेक अन्य कुनै विकल्प रहनेछैन।
यसरी नै जनआन्दोलन पार्टीका व्यूरो सदस्य अमर लामाले सरकारको हस्तक्षेपमाथि पनि ध्यान दिइरहेको जनाए। उनले भने-गत वर्ष पनि बोनस विषय लिएर चियाबगान मालिकपक्षले धेरै अड्को थाप्ने काम गरेको थियो, फलस्वरूप सरकारको हस्तक्षेपपछि चियाबगान मालिकपक्ष पहाडका चियाश्रमिकहरूलाई बोनस दिन बाध्य बनेका थिए। यसैले जोइण्ट फोरमले यस दिशामा पनि सोंच तयार पारेको छ।

http://pratibymba.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles