Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोना निर्देशलय द्वारा सफाई कार्यक्रम

$
0
0
Cleanliness drive by conchona directorate
सिन्कोना निर्देशालय मङपू द्वारा निर्देशालय परिसर अनि मङपू जन मैदान नजिकको सडक साफ – सफाई गर्ने कार्य भएको छ | दैनिक रुपमा पर्ने पानीले वाक्क पारेको समय आज बिहान अचानक घाम लाग्दा निर्देशक डा० सामुयल राई अनि उनको परिवार द्वारा निर्देशालय वरिपरिका फोहोर मैलाहरु टिपेर व्यवस्थान गर्दा निर्देशालयका किरानी अनि सम्पूर्ण कर्मचारीहरु अनि स्थानीय मानिसहरुले निर्देशालयको अभियानमा हातेमलो गर्न सहभागी बनेका थिए जसले गर्दा सफाई कार्यक्रम साधारण भन्दा अधिक रुपमा नै सफल भएको थियो | निर्देशक अनि उनकी पत्नी अनिता राई लगायत कार्यलयका कर्मचारीहरुले वरिपरि यत्रतत्र फ्याँकिएका फोहोर मैला, प्लास्टिक, युज एण्ड थ्रोका सामग्रीहरु साथै झाडीहरु काटेर सफा गरेका थिए | निर्देशकले बताए अनुसार सिन्कोनाको कुनै पनि जमीन खाली नराखी यसमा सिन्कोनालाई लाभ हुने या त पर्यावरण स्वस्छ बनिने पौदाहरु रोप्ने सोंच रहेको बताएका छन् | मङपूमा फोहोर मैला व्यवस्थान गर्ने कुनै डमपिङ सिस्टम नरहेकोले फोहोर मैला जताततै बढेको हो र यसलाई समाधान गर्ने कुनै उपाय होला? भन्ने पत्रकारको प्रश्नलाई उतर दिंदै निर्देशकले समाधानार्थ सबैभन्दा पहिला नालीडांडा क्षेत्रलाई मात्र लिएर ठाउँ – ठाउँमा कुहुने अनि नकुहुने फोहोर मैला फ्याँकिने डस्ट बीनहरु राखिदिने अनि यसैबाट सिन्कोनाले कम्पोस्ट मल बनाउने योजना रहेको बताए जुन कार्य दार्जीलिंग पहाडमा कहीं पनि नगरिएको र सिन्कोनाले नै शुरु गर्ने साथै यदि यो योजना सफल भए बजार अनि अन्य क्षेत्रहरुमा पनि यही पद्वति अपनाउने उनले बताएका छन् | यसको साथै निर्देशालयले चाडै नै सिन्कोनाको अन्य डिपार्टमेन्टहरुको निम्ति पनि सफाई अभियान चलाउन तालिका बनाएर सुचना पत्र जारी गर्ने बताए | सिन्कोनालाई कस्तो भएको हेर्न चाहनुहुन्छ भन्ने पत्रकारको प्रश्न माथि बोल्दै निर्देशकले सिन्कोना बगान पस्ने बितिक्कै कुनै पनि आगन्तुकलाई एउटा सफा वातावारण संगै नौलो अनुभव होस् यही चहन्छु अनि मरो पक्षबाट यस्तै बनाउन चाहन्छु भनी बताएका छन् |
आजको सफाई कार्यक्रममा सम्पूर्णको सहयोग पाएकोमा खुशी व्यक्त गर्दै निर्देशक कि पत्नी अनिता राईले मङपूबासीहरु धेरै नै राम्रो अनि सहयोगी रहेको बताए भने  कुनै पनि कल्याणकारी काम घरबाट नै शुरु गरिनुपर्छ भन्ने उक्तिलाई उदाहरण बनाउंदै पर्यावरण अनि परिसर सफा राख्न सबै भन्दा पहिला सचेत मानशिकताको आवश्यकता रहेकोले स्थानीय बासिन्दाहरुले नै यस बिषयमा मनन गरेर अघि आउन पर्ने मन्तब्य पोखेकी छिन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles