सिन्कोना बगान ,चियाबगान र बनबस्तीको पर्जापट्टा बिषय लिएर जापले सरकार समक्ष विधानसभा चुनाव अघि नै ज्ञापन पत्र चड़ाईसकेको छ भनि जाप अध्यक्ष डा.हर्कबहादुर छेत्रीले एक पत्रकार सम्मेलनमा बताएका छन् | जापले जनताको हितको निम्ति उठाएको पर्जा पट्टाको मुद्दालाई देखेर आज मोर्चाले अत्तालिएर कमानमा गएर गेट मिटिंङ गर्दै बिमारी जहाँ छ उनीहरुलाई नै अस्पताल लानुको साटो तिमीहरु बिमारी छौ भन्दैछ भनि व्यंग्य कस्दै जापले चुनाव अघि नै पर्जापट्टा बिषयमा राज्यकी मुख्य मन्त्रीसित वार्तालाप गरेर नवान्न्मा आफु स्वयम पुगेर ल्यान्ड एण्ड ल्याण्ड रीफर्मका प्रीन्सिपल सेक्रेटरी मनोज पन्थ समक्ष भेट गरि ज्ञापन चड़ाईसकेको र यस बिषयमा यसै सप्ताह विभागीय सचिव अनि मन्त्री संग भेट गरि सभा बस्ने कुरो डा.छेत्रीले जनाए | काम गर्ने ठाउँ त्यहाँ हो जहाँबाट जनताको समस्य समाधान हुन सक्छ तर यहा गन्ती घरमा गेट मेटिंग गरेर तमाशा देखाउनु विपक्षी पार्टीको राजनैतिक स्टन्ट मात्र हो भनि बताए | कालेबुङ जिल्लाको निम्ति डीएम अफिस साथै एसपी अफिसको निर्माण कार्य शुरु भईसकेको बताउदै राजमार्ग १० अन्तर्गत टिस्टा, २९माईल, गेलखोला, लोहापुल सुन्तले बिरीक कालीझोड़ा बाघपुल हुदै नयाँ कालेबुंग जिल्लाको सिमांकन हुने कुरा उनले जनाए | मङपु लाब्दा समष्टि अन्तर्गत पर्ने रोंङचोङ बस्ती पनि कालेबुङ जिल्लामा पर्ने हल्ला छ भनि सोधिएको प्रश्नमा उनले स्पष्ट रुपमा राजमार्ग १० देखि मुनितिर पर्ने ठाउँ मात्र कालेबुंङ जिल्लामा अन्तरभुक्त हुने साथै कालेबुङ विधानसभा क्षेत्रमा भोट लगाउने मतदाताहरु रम्बीबजार अनि टिस्टा भने पूर्णरुपले कालेबुंग जिल्लामा अन्तरभुक्त हुने जनाए | जाप अध्यक्ष एव पुर्बविधायक डा.छेत्रीले फेरि कोलकोत्ता प्रस्था हुने बताउदै सिन्कोना,चिया र बनबस्तीको पर्जापट्टा बिषयमा विभागीय सचिव सित वैठक गर्ने कुरो जनाए ||
↧