Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

ज्ञानपीठ विधालयमा फ्रेसर्स वेलकम कार्यक्रम

$
0
0
Freshers welcome programme Jnanpith higher secondary school rungbee mungpoo
गत मंगलबार स्थानीय रङबी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा बाह्रौं श्रेणीका विधार्थीहरुले एघारौँ श्रेणीमा भर्ना भएका विधार्थीहरुलाई स्वागत जनाउँदै फ्रेसर्स वेलकम कार्यक्रम सम्पन्न गर्यो | विधालय प्रधान अध्यापक बीके गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बाह्रौ श्रेणीका छात्र – छात्रा रोजन राई अनि श्रेया मुखियाले संचालन गरेका थिए भने कार्यक्रममा पाँचौं अनि दशौँ श्रेणी सम्मका विधार्थीवर्गले नृत्य अनि कविता वाचन गरि रंगारंगी कार्यक्रम गरे | शिक्षिका दिपा मोक्तान, अम्बिका गहतराज, शिक्षक सोनाम शेर्पा अनि बीएम राई निर्णायकगणको निर्णय अनुसार आविस्कार राई मिस्टर फ्रेसर्स अनि संजना सुब्बालाई मिस फ्रेसर्स घोषित गर्दै टोपी खादा लगाएर प्रमुख अतिथि बरिष्ठ शिक्षक अनि ए स्याङबो प्रधान अध्यापक अनि शिक्षिका साधना तामांगको बाहुलीबाट सम्मान जनाइयो | यसको साथै प्रधान अध्यापकद्वारा सम्पूर्ण एघारौँ श्रेणीका विधार्थीहरुलाई खादा माला गरी हार्दिक स्वागत जनाए | अन्तमा प्रधान अध्यापकले बाह्रौं श्रेणीका विधार्थी श्रेया मुखिया अनि एचएसमा अब्बल अंक प्राप्त गर्ने रीतिका थापालाई डा० एपीजे अब्दुल कलाम स्टुडेन्ट अफ द यरको निम्ति छनौट भएको पनि घोषणा गरे ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles